साहित्यकार तारानाथ शर्माको निधन



न्युज अफ नेपाल, काठमाडौं ।

लेखक तथा साहित्यकार तारानाथ शर्माको निधन भएको छ । मंगलबार बिहान आफ्नै निवासमा शर्माको निधन भएको हो ।  शर्मालाई मुटु रोग, रक्तचापलगायत समस्या थिए ।

उनी बेला-बेलामा बिर्सने र मान्छे नचिन्ने अवस्थामा पुगेका थिए ।उनका निकटका ज्योतिष राजकुमार सुवेदीका अनुसार उनको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि हुनेछ ।

शर्माले २०२६ सालमा  मदन पुरस्कार पाएका थिए। ‘बेलाइततिर बरालिँदा’ कृतिका लागि उनलाई मदन पुरस्कार दिइएको हो।  शर्माको पहिलो सिर्जना निबन्ध हो, २००८ सालमा थिओडर मेननको सम्पादनमा दार्जिलिङबाट निस्कने ‘साथी’ साप्ताहिक पत्रिकामा ‘इलाम’ शीर्षकमा छापिएको थियो ।

प्रतिक्रिया दिनुहोस्