निसानले नेपाली बजारमा लन्च गर्‍यो नयाँ नभारा



काठमाडौं (नेस) ।

निसान मोटर्सले नेपाली बजारमा द अल–न्यु नभाराको ‘लाइफस्टाइल एडिसन’ नभारा प्रो फोरएक्स लन्च गरेको घोषणा गरेको छ । अल–न्यु निसान नभारामा निसानको इन्टेलिजेन्ट मोबिलिटी फिचर र सेफ्टी सिस्टमलगायतका विभिन्न बेस्ट–इन–क्लास टेक्नोलोजी रहेका छन्, जसले नभारालाई अझै एडभान्स्ड बनाएको छ ।

द अल–न्यु नभारामा नयाँ फ्रन्ट (बम्पर, ग्रिल, हेडल्याम्प, हुड) इन्टेरियर मेटेरियल र डेकोरेसन प्रयोग गरिएको छ भने बेड हाइट बढाइएको र नयाँ स्टेयरिङ ह्विलको प्रयोग गरिएको छ ।

त्यसै गरी यसमा थिन–फिल्म ट्रान्सलेटर मिटर र एडभान्स्ड इन भेइकल इन्फोटेनमेन्ट प्रयोग गरिएको छ । नभारामा इन्टेलिजेन्ट इमर्जेन्सी ब्रेकिङ, भेइकल डाइनामिक कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल सिस्टम र हाई बिम असिस्टलगायतका सेफ्टी फिचर उपलब्ध भएको कम्पनीले जनाएको छ । नभारामा बेटर फ्युल इकोनोमी, ह्यान्डलिङ र राइड कम्फर्टका साथै डाइनामिक पर्फमेन्स र सेफ्टी उपलब्ध छ ।

त्यसै गरी यसमा आर्म रेस्ट, बेड फङसनालिटी, अफरोड मोनिटरसहितको इन्टेलिजेन्ट अराउन्ड भ्यु मोनिटर र पेलोड इन्ह्यान्समेन्टसहितको आकर्षक फिचर रहेको कम्पनीका दाबी छ । यी सबै नयाँ फिचरका कारण यो गाडी अल्टिमेट ट्राभल र वर्कसाइट पार्टनर बनाउन योग्य छ र अप्टिमल रुम, कम्फर्ट, सेफ्टी र सहजताका कारण जस्तोसुकै सडकमा पनि चुनौतीको सामना गर्न तयार छ ।

निसान इन्डिया अपरेसनका अध्यक्ष सिनान ओजकोकले भन्नुभयो–‘हामी नेपाली बजारमा नयाँ बेन्चमार्क स्थापित गर्न सफल भएकोमा गर्व गर्छौ । अल–न्यु नभाराको उपलब्धता पश्चात हामीले हाम्रा विवेकी ग्राहकका लागि बेस्ट पर्फमेन्स गाडी उपलब्ध गराउने छौं र यसले बजारमा निसानको स्थितिलाई अझै बलियो बनाउन सहयोग गर्नेछ ।’

पायोनियर मोटोकर्पका म्यानेजिङ डाइरेक्टर सन्दिप सारडाले भन्नुभयो– ‘नेपालमा पिकअप ट्रकको बजार बलियो बन्दै गएको छ र नयाँ उत्पादन उपलब्ध गराउन पाएकोमा उत्साहित छौं ।’

प्रतिक्रिया दिनुहोस्