जगदम्बा मोटर्सको भ्यालेन्टाइन अफर



काठमाडौ (नेस) ।

टिभिएस स्कुटर र मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले भ्यालेन्टाइन डेको अवसर पारेर आफ्नो सम्पूर्ण टिभिएस स्कुटरमा ‘कनेक्ट टु लभ’ योजना ल्याएको छ ।

जगदम्बा मोटर्सले जुपिटर क्लासिक, वेगो एफआइलगायत नेपालमा सबैभन्दा बढी रुचाइएको स्मार्ट स्पोर्टी स्कुटर एन्टर्क बिक्री वितरण गर्दै आइरहेको छ । स्मार्ट कनेक्टयुक्त एन्टर्क नेपालमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम स्कुटर हो ।

यस योजनाको थिम ‘लभ इज जस्ट अ कल अवे’ रहेको छ । यस योजनाअन्तर्गत उपभोक्ताले कुनै पनि मोडलको नयाँँ टिभिएस स्कुटर खरिदमा ६ हजारसम्मको सेओरसर्ट नगद छुटका साथै हरेक दिन लक्की ड्रमार्फत एउटा रियलमी स्मार्ट फोन जित्न सक्ने मौका पाउने भएका छन् । लक्की ड्र हरेक दिन जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमार्फत हुने भएको छ ।

यस योजनाअन्तर्गत ग्राहकहरूले ४० प्रतिशत डाउनपेमेन्ट गरेर शून्य प्रतिशत व्याजदरमा स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । यो योजना माघ २५ गतेदेखि फागुन ६ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्