घरघरमा कार मर्मत गर्दै सुजुकी



काठमाडौं (नेस) ।

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिन्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ग्राहकको घर दैलोमै गाडी मर्मतका लागि वर्कसप अन ह्विल शुरू गरेको छ ।

स्मार्ट वो वर्कसपको नयाँ पहलले सुजुकी ग्राहकले आफनो घर दैलोमै आफ्नो सवारी मर्मत गराउन सक्ने भएका छन् । कम्पनीका अनुसार वर्कसप अन ह्विलमा सबै आधुनिक प्रविधि र उपकरणहरू राखिएका छन् जसले सामान्य सर्भिस, मर्मत, तथा अरू गाडीसम्बन्धी काम गर्ने कम्पनीले जनाएको छ ।

सुजुकीको अफ्टर सेल्स तथा पार्ट्सका महाप्रबन्धक श्यामश्रेष्ठ अनुसार यो नयाँ पहल हाम्रो ग्राहकमाझमा ल्याउन सफल भएका छौं । चार पांग्रे सवारी मा निर्मित एउटा आधुनिक वर्कसप हो जसले ग्राहकको सबै सर्भिससम्बन्धी कार्य गर्ने छ । यो सुविधाले आपतकालीन सडक सहायता गर्नुको साथै ग्राहकको सुविधाजनक स्थानमा पुगेर सेवा दिनेछ ।

प्रतिक्रिया दिनुहोस्