फोर्डले नेपालमा निरन्तरता पाउने



काठमाडौं (नेस) ।

नेपालमा फोर्ड गाडीको आधिकारिक आयातकर्ता तथा वितरक जिओ अटोमोबाइल्स प्रालिले फोर्ड इन्डियाले नेपालमा रहेका आफ्ना ग्राहकलाई फोर्ड गाडीमा सेवा, पार्टपुर्जा र वारेन्टीका लागि निरन्तर सहयोग गर्ने घोषणा गरेको छ ।

अमेरिकी कार निर्माता कम्पनी फोर्डले सेप्टेम्बर २०२१ देखि भारतमा आफ्नो उत्पादन प्रक्रिया बन्द गरेपछि यो निर्णय आएको हो । भारतको अग्रणी अटो पत्रिका अटोकारको एन्नुअल भेहिकल मेन्टिनेन्स सर्भेमा फोर्डको सेवाप्रतिको प्रतिबद्धता स्थिर रहेको बारम्बार प्रमाणित भएको जनाएको छ ।

यस प्रतिबद्धतालाई दोहोर्याउँदै जिओ अटोमोबाइल्स प्रालिका प्रबन्धनिर्देशक आकाश गोल्छा भन्नुहुन्छ– ‘हामी फोर्ड एभरेस्ट, फोर्ड रेन्जर र फोर्ड र्याप्टर जस्ता मोडलहरू तेस्रो मुलुकबाट आयात जारी राख्नेछौं र स्पेयर पार्टस्को उपलब्धता र वारेन्टी पनि उपलब्ध गरिरहने छौं । यसले नेपालभर रहेका फोर्डको सेवा केन्द्रहरूबाट सेवा निरन्तर राख्न सहयोग गर्नेछ र हामीलाई ग्राहकहरूलाई अझ प्रभावकारी रूपमा सेवा दिन मद्दत गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्