एसेन्सो ओटीआर टायर नेपाली बजारमा



काठमाडौं (नेस) ।

नेपाली बजारमा भारतको नयाँ टायर ब्रान्ड ‘एसेन्सो’ का अफ द रोड अर्थात् ओटीआर टायर भित्रिएका छन् । ओटीआर टायर बजारको क्षेत्रमा नेपाली बजारमा पहिलेदेखि नै कार्यरत डेल्टा डिस्ट्रिब्युटर्सले एसेन्सो टायर ब्रान्ड भित्र्याएको हो ।

सोमबार आयोजित एक कार्यक्रमका बीच नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सो टायर सार्वजनिक गर्नुभयो । सो अवसरमा अध्यक्ष सिंहले भन्नुभयो– ‘निर्माण कार्यमा प्रयोग हुने हेभी इक्विपमेन्टका लागि आवश्यक यस्ता ओटीआर टायर गुणस्तरीय हुनु आवश्यक छ । गुणस्तरीय टायर उपलब्ध गराएर डेल्टा डिस्ट्रिब्युटर्सले नेपालको निर्माण कार्यलाई समेत गुणस्तरीय बनाउन सहयोग गर्दै आएको छ । एसेन्सो ब्रान्डका टायरले पनि आगामी दिनमा यस कार्यमा सहयोग गर्ने अपेक्षा गर्न सकिन्छ ।’

डेल्टा डिस्ट्रिब्युटर्सका म्यानेजिङ डाइरेक्टर विक्रम सिंघानियाले भन्नुभयो– ‘हामीले नेपाली ग्राहकको चाहनाअनुरूपका विश्वस्तरीय टायरहरू उपलब्ध गराउँदै आएका छौं । यसैको निरन्तरताको रूपमा एसेन्सो ब्रान्ड भित्र्याएका हौं ।’

यी टायर ब्याकहो लोडर, स्वाइल कम्प्याक्टर, पिक एन्ड क्यारी क्रेन, फोर्कलिफ्ट, टिपर ट्रक, आरटीजी क्रेन, ह्विल लोडर, मोटर ग्रेडर, मोबाइल कंक्रिट मिक्सर, स्किड स्टियर लोडर र रिजिड डम्प ट्रकजस्ता हेभी सवारी साधनमा प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्