बुढीगंगा नगरपालिका दुई महिना देखि प्रमुख प्रशासकीय विहीन



दयाराम पण्डित,बाजुरा ।

बुढीगंगा नगरपालिका गत २ महिना देखि प्रमुख प्रशासकीय विहीन बनेको छ । प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जन गत मंसिर १७ गते सरुवा भएर गएपछि नगरपालिका २ महिना देखी प्रमुख प्रशासकीय विहीन बनेको निमित्त प्रमुख प्रशासकीय अधिकृत कल्पना ठगुन्नाले जानकारी गराउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक कारोबार पुणर् रुपमा बन्द भएको छ । विकासे लगायत अन्य योजनाहरूको काम समेत प्रभाबित भएको छ । शिक्षकहरुले ४ महिना देखी तलब खान पाएका छैनन् । प्रमुख प्रशासकीय अधिकृत नहुँदा कर्मचारी तलब खान पाएका छैनन्, त्यो सँगै नगरपालिकाको काममा लथालिङ्ग भएको कर्मचारीले बताएका छन् ।

बुढिगंगा नगरपालिकामा अहिले मात्र नभई प्राय जसो प्रमुख प्रशासकीय अधिकृत विहीन बन्ने गरेको छ । नगरपालिकामा कार्यरत कर्मचारीलाई कार्यपालिकाले सिफारिस नगर्ने संघ बाट खासै नआउने मान्ने भएकाले नगरपालिकामा सधैँ समस्या हुने गरेको एक कर्मचारीले बताएका छन् । नगरपालिकामा कार्यरत केही कर्मचारीले आर्थिक अधिकार सहितको प्रशासकीय अधिकृतका लागि दौडधुप गरे पनि कार्यपालिकाले निर्णय नगर्ने गरेको पाइन्छ । कर्मचारी नै राजनीति खिचातानी गर्ने, एकले अर्कोलाई स्वीकार नगर्ने भएकाले कार्यपालिकाले निर्णय गर्न नसकेको एक कार्यपालिका सदस्यको गुनासो छ ।

नगरप्रमुख दीपक विक्रम शाहले भने कार्यकारीका लागि मन्त्रालयमा पहल भइरहेको वताउनुभएको छ । चाडै कार्यकारीको व्यवस्थापन गरेर नगरपालिकाको काम अघि बढ्ने शाहले भन्नुभयो । बुढगंगा नगरपालिका राजनीतिक हिसाबले बाजुरामा सबै भन्दा अगाडि भए पनि नगरपालिकामा प्रशासकीय अधिकृत व्यवस्थापन गर्न नसक्नु विडम्बना भएको एक स्थानीयले बताएका छन् ।

बुढीगंगा नगरपालिकामा धेरै समय प्रमुख प्रशासकीय अधिकृत विहीन हुन्छ । तर, व्यवस्थापन कसैको ध्यान नजाँदा जनताले सास्ती बेहोर्नु परेको छ सेवाग्राही काँसीराम उपाध्यायले भन्नुभयो । राजनीतिक पहुँचमा नेकपा एमालेका स्थायी समिति सदस्य तथा पूर्व मन्त्री कर्णबहादुर थापा, सुदूरपश्चिम प्रदेश प्रमुख तथा संविधान सभा सदस्य देवराज जोशी, संघिय सांसद लाल बहादुर थापा, प्रदेश सांसद तथा पूर्व मन्त्री प्रकाश शाह बुढिगंगा नगरपालिका बाट देशको उच्च ओहोदामा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्