ओरा गुड क्याटको रोड टेस्ट सम्पन्न



काठमाडौं (नेस) ।

ग्रेट वालमोटर नेपालले इलेक्ट्रिक गाडी ओरा गुड क्याटको रोड टेस्ट सफलतापूर्वक सम्पन्न गरी नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गर्न तयार भएको छ । ओरा गुड क्याटले रोड परीक्षणमा विभिन्न भू–भाग र सडकको अवस्थाहरूमा सराहनीय प्रदर्शन गरेको छ । चाहे ओरालो होस् वा उकालो, कालोपत्रे राजमार्ग होस् वा ग्राभेल भरिएको अप्ठ्यारो बाटो, उक्त गाडीले सबैतिर उत्तिकै उत्कृष्ट प्रदर्शन गरेको छ । जुन बाटोमा यही सेग्मेन्टका गाडीहरू चलाउन गाह्रो हन्थ्यो, त्यहाँ ओराले ब्याट्रीको स्तर घट्ने तनाब र बिना चालकको सिटमा बसेका व्यक्तिलाई सहज सवारीको अनुभव प्रदान गराएको थियो ।

सबै बाटोमा ओरा गुड क्याटको सुन्दर बनावटले सजिलै मानिसको ध्यानआफूतर्फ तान्न सफल भएको थियो । अत्याधुनिक प्रविधि र वातावरणीय चेतनाको सन्दर्भमा ग्रेट वालमोटरलाई अगाडि बढाउन यो पक्ष सबैभन्दा महत्वपूर्ण हुन सक्छ ।

ओरा गुड क्याट शहर, राजमार्ग र अप्ठ्यारो भू–भागमा पनि ड्राइभिङका लागि उपयुक्त रहेको छ र लामो ड्राइभिङ अनुभव पछि विश्वसनयिता र योग्य कन्फिगरेसनको साथ आफूलाई उत्कृष्ट सावित गरेको छ । यो आफ्नो फेसनेवल उपस्थितिका कारण बाटोमा जोसुकैलाई पनि यस गाडीप्रति जिज्ञासु बनाउन सफल भएको छ ।

ओरा गुड क्याट जर्मनी, अस्ट्रिया, संयुक्त राज्य अमेरिका, जापान र दक्षिण कोरियाका विज्ञहरूसहित विश्वव्यापी टोलीद्वारा राम्रोसँग डिजाइन र विकास गरिएको हो । यसले रेट्रो फ्युचरिस्टिक डिजाइन र स्मार्ट ड्राइभिङ प्रविधिहरूलाई पूर्ण रूपमा एकीकृत गरेको छ ।ग्रेटवालमोटर थाइल्यान्डले मात्रै प्रि–सेल भएको ४८ घण्टाभित्र ओरा गुड क्याटको लागि ६हजार भन्दा बढी अर्डरहरू प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्