रेलवेको ट्रयाकबेडमा प्रयोग भएको कमसल सामग्री हटाएर पुन निर्माण



सञ्जय कार्की, रौतहट  ।

रौतहटको चन्द्रपुरमा निर्माण भइरहेको रेलमार्गमा प्रयोग भएको कमसल सामग्री हटाएर पुन निर्माण कार्य लाई तीव्रता दिइएको छ ।

रेल मेट्रो रेल तथा मोनो रेल विकास आयोजनाले निर्माण भइरहेको रेलमार्गमा प्रयोग भएको कमसल सामग्री हटाउन निर्देशन दिएसँगै निर्माण कम्पनीले सो सामग्री हटाएको हो । कमसल सामग्री प्रयोग भएको विषयमा नेपाल समाचार पत्रमा समाचार प्रकाशन भएको थियो ।

लामा गोल्ड नगुड बिरुवा जेभिले रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ८ को सन्तपुर स्थित राजमार्गको दायाँ बायाँ रेलमार्ग निर्माणको जिम्मा लिएको हो । रेलमार्ग निर्माण गर्दा मिक्स ग्य्राबेल र माटो राखेर १५ सेन्टिमिटरको स्तरमा रोलिङ्ग गर्नु पर्ने लागत ईस्टिमेटमा रहेको छ ।

रेल मेट्रो रेल तथा मोनो रेल विकास आयोजना साईटका सब ईन्जिनियर श्याम श्रेष्ठले रेलमार्ग निर्माण कार्यमा लागत ईस्टिमेट अनुरूपको कार्य गराउन आफूहरू लागिपरेको बताउनु भयो । सो क्षेत्रमा निमार्ण कम्पनीले रेलवेको माटो पुर्ने काम, ब्यांकेटिंग, लिक निर्माण, पर्खाल तथा कलभर्ट निर्माण कार्य गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्