जावा मोटरसाइकलको बीएस–सिक्स मोडल अब नेपालमा



काठमाडौं (नेस) ।

नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिअन्तर्गत जावा मोटरसाइकलले देशभर आफ्नो डिलरसिप नेटवर्कमार्फत जावा र जावा ४२ को बीएस–सिक्स मोडलको वितरण र डेलिभरी शुरू गरेको छ ।

जावा मोटरसाइकल प्रेमीहरूले अब बिर्तामोड, धरान, इटहरी, विराटनगर, लाहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा, नेपालगञ्ज, वीरगञ्ज, सुर्खेत, दाङ, बाग्लुङ र धनगढीका विभिन्न शाखा र डिलरहरूबाट यी दुवै मोडलका जावा बाइकहरू बुकिङ्ग गर्न सक्ने भएका छन् ।

जावा र जावा ४२ दुवैमा २९३ सीसी लिक्विड कुल्ड सिंगल सिलिन्डर डीओएचसी इन्जिनको प्रयोग गरिएको छ । दुवै बाइकमा अब क्रस पोर्ट टेक्नोलोजी पनि समावेश गरिएको छ, जसले इन्जिनको भोल्युमेट्रिक दक्षतालाई उत्कृष्ट चार्ज र निकास ग्यास प्रवाहको लागि सहज बनाउनुका साथै कार्य क्षमता वृद्धि गर्ने र टर्क उत्पादन गर्ने गर्दछ ।

बिएस–फोर कन्फिगरेसन बराबरको पावर र टर्क उत्पादन गर्ने क्रस पोर्ट व्यवस्था भएको यो विश्वको पहिलो सिंगल सिलिन्डर इन्जिन भएकाले यसले ग्राहकहरूलाई त्यस्तै उत्कृष्ट राइडको अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । यस प्रविधिले मोटरसाइकलमा विशिष्ट दोहोरो विशेषताहरू –समान शक्ति र टर्क फिगरहरू कायम राख्ने र उच्च बीएस–सिक्स प्रदूषण मापदण्डहरू पूरा गर्ने कम्पनीले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्