बजाजको नयाँ सर्भिस सेन्टर अब कुपण्डोलमा



काठमाडौं(नेस) ।

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रा.लि.ले कुपण्डोलको गुसिङगालमा सम्पूर्ण सुविधा सम्पन्न नयाँ सर्भिसिङ सेन्टर गुसिङगाल मोटर साइकल सर्भिस सेन्टर खोलेको छ । नेपालमा सबभैन्दा अधिक बिक्री हुने र विश्वासिलो अटोमोबाइल ब्रान्ड बजाजले अझ बढी सुविधा सम्पन्न बजाज सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले गुसिङगाल, कुपण्डोलमा पनि सर्भिसिङ सेन्टर सञ्चालनमा ल्याएको छ ।

मोटर साइकल सर्भिसिङमा २० वर्षको अनुभव भएका दक्ष प्राविधिकहरूबाट सर्भिसिङ गराइने यस सर्भिसिङ सेन्टरमा जम्मा ५५ मिनेटमा काम सम्पन्न हुने दाबी गारिएको छ । एक दिनमा ८० भन्दा बढी बाइकहरू सर्भिसिङ गर्न सक्ने क्षमता भएको सेन्टरमा ग्राहकहरूको सुविधाका लागि प्रतिक्षालय र क्याफेको सुविधा पनि छ ।

नयाँ सर्भिसिङ सेन्टरले ग्राहकहरूलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रिलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । बजाजले देशभरका ग्राहकहरूलाई गुणस्तरीय र छिटो सुविधा पुर्याउने प्रयास गरिरहको छ ।

नयाँ सर्भिस सेन्टर शुभारम्भ गर्दै हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिका जनरल म्यानेजर योगेन गुरुङले भन्नुभयो– ‘हामी कुपण्डोलमा नयाँ सोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौं । हाम्रा ग्राहकहरू निरन्तर वृद्धि भइरहनु भएको छ र उहाँहरूलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो । हामीले आशा गरेका छौँ कि यो नयाँ सर्भिसिङ सेन्टरसँगै यसले ग्राहकहरूको जीवन सहज बनाउनुका साथै उनीहरूले बजाज मोटरसाइकलको नयाँ अनुभव लिने अवसर प्राप्त गर्नेछन् ।’

प्रतिक्रिया दिनुहोस्