महोत्तरीमा १६० केजी गाजा बरामद



महोत्तरी

सशस्त्र प्रहरी बलले महोत्तरीको महोत्तरी गाउँपालिकाबाट १ सय ६० किलोग्राम गाजा बरामद गरेको छ ।सशस्त्र प्रहरी छिनमस्ता बाहीनीबाट खटिएको टोलीले रानीरतवाडाबाट गाजा बरामद गरेको हो ।

सशस्त्र प्रहरी मधेस प्रदेशका बाहिनीपति गणेश ठाडामगरका अनुसार गणेश चौधरीको घर पछाडि रहेको परालको टौवाबाट १ सय ६० गाजा फेला परेको हो ।

परालको टौवामा लुकाइराखेको १६ पोकामा १६० केजी गाजा रहेको प्रहरीले जनाएको छ । बरामद भएको गाजा थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई जिम्मा लगाउने तयारी भइरहेको ठाडामगरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्