विद्यार्थीको नतिजा समयमा निकाल्न त्रिविलाई शिक्षामन्त्री पौडेल निर्देशन



 न्युज अफ नेपाल, काठमाडौं  ।  

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विद्यार्थीको नतिजा समयमा निकाल्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिनुभएको छ ।
मंगलवार अनुगमन गर्न परीक्षा नियन्त्रण कार्यालय बल्खु पुग्नुभएका सहकुलपति पौडेलले यो अथवा त्यो बाहान नगरी समयमै विद्यार्थीको नतिजा निकाल्न निर्देशन दिनुभयो ।

कतिपय खुलेका आयोगमा परीक्षा दिन पाएनौँ भन्ने विद्यार्थीको गुनासो छ,’ सहकुलपति पौडेलले भन्नुभयो, ‘नतिजा प्रकाशन नहुँदा विद्यार्थी त्यो अवसरबाट वञ्चित हुने अवस्था आयो फास्ट ट्याकबाट नतिजा निकाल्नुस् । ’सामान्यतया परीक्षा भएको ३ महिनापछि नतिजा आउने भए पनि ६ महिना पुग्दासम्म विश्वविद्यालयले नतिजा निकालेको छैन । अनुगमनका क्रममा मन्त्री पौडेललाई जनशक्ति अभावका कारण समयमा नतिजा निकाल्न नसकेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी गराउनुभयो ।

‘जनशक्ति अभाव भए सेवा आयोगलाई भनेर अस्थायी कर्मचारी ल्याएर भए पनि समयमा सेवा ग्राहीको काम हुनप¥यो’ मन्त्रीले भन्नुभयो ।
देशकै ठुलो विश्वविद्यालयमा पुरानो प्रणाली रहेको भन्दै यसको सुधारका लागि नयाँ योजना बनाउन प्रशासनसँग मन्त्रीले आग्रह गर्नुभयो ।
‘मार्क सिट विद्यार्थीलाई दिने कुरालाई सिस्टममा तत्काल लैजानुस्’ मन्त्री पौडेलले भन्नुभयो, ‘देशको ठुलो विश्वविद्यालय नयाँ प्रविधिसँग जोडिएन भने अन्य विश्वविद्यालयले के सिक्छन् ? ।

विद्यार्थीहरूको मानविक शंकायमा धेरै गुनासो छ, सम्बोधन गर्नुहोस्,’ मन्त्री पौडेलले भन्नुभयो, ‘जनशक्ति थप्ने हाम्रो काम हो सेवाग्राहीलाई त्यो थाहा हुँदैन । गुनासो कम आउने गरी काम गर्नुहोस् ।’विश्वविद्यालय सिस्टममा नभएको भन्दै भौतिक संरचना एवम् विद्यार्थीलाई दिने सेवा प्रविधि मन्त्री हुनुपर्नेमा जोड दिनुभयो ।

सोही क्रममा परीक्षा नियन्त्रक जोशीले पर्याप्तता जनशक्ति भए परीक्षापछिको तीन महिनाभित्र रिजल्ट निकाल्ने बताउनुभयो । उहाँले पुराना कर्मचारी रिटायर हुँदा नयाँ कर्मचारीले सिस्टम सिक्ने एक वर्ष लाग्ने जोशीको भनाइ छ । उहाँले परीक्षा नियन्त्रक कार्यालयमा २२४ जना कर्मचारी हुनुपर्नेमा १३७ जनाले काम गरिरहेकाले समयमै नतिजा दिन नसकेको स्वीकार गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्