महालक्ष्मी विकास बैंक अर्ब क्लवमा



काठमाडौं (नेस) ।

महालक्ष्मी विकास बैंक लि.को चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ४५ करोड ६२ लाख खुद नाफा कमाएको छ । जुन गत वर्षको यही अवधिको तुलनामा ३१ दशमलव ५५ प्रतिशतले बढी रहेको बैंकले जनाएको छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप ४३ अर्ब १ करोड तथा कर्जा ४० अर्ब पुगेको छ । यस आर्थिक वर्ष बैंकले सञ्चालन आम्दानीतर्फ १ अर्ब १० करोड आम्दानी गरी बैंक अर्बको क्लबमा उक्लिएको छ ।

त्यसै गरी गत आर्थिक वर्षको पुस मसान्तसम्मको खुद सञ्चालन मुनाफालाई ४१ प्रतिशतले वृद्धि गरी खुद सञ्चालन मुनाफा ६८ करोड आर्जन गरेको छ । समीक्षा अवधिमा बैंकले उल्लेख्य रूपमा खराब कर्जा घटाई गत वर्षको ४ दशमलव ७९ प्रतिशतको खराब कर्जालाई २ दशमलव ८९ प्रतिशतमा झारेको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई २१ प्रतिशत लाभांश प्रस्ताव गरेको बैंकले समग्र वित्तीय विवरणमा उल्लेख्य प्रगती गर्दै आगामी वर्ष पनि आकर्षक लाभांश दिनतर्फ उन्मुख रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्