भिजिट भिसामा खाडी राष्ट्र तथा मलेसिया जान रोक



न्युज अफ नेपाल, काठमाडौं ।

सरकारले कोरोना संक्रमणको जोखिमका कारण मलेसियासहित खाडी मुलुकमा भिजिट भिसामार्फत् जान रोक लगाएको छ ।

गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै खाडीका देश र मलेसियामा माघ १० गतेबाट भिजिट भिसामा जान रोक लगाउने निर्णय गरेको हो ।

कोभिड तिब्र रुपमा फैलिइरहेको र विभिन्न उद्देश्यले खाडीका देश र मलेसियामा गएका नेपालीहरु विचल्लीमा परेको गुनासो आएपछि यस्तो निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्