आजको राशिफल: थाहा पाउनुहाेस् तपाईंकाे राशिफल



काठमाडौं ।

८, माघ २०७८, शनिबार । तद्नुसार जनवरी २२ तारिक २०२२ । माघकृष्णपक्ष चर्तुथी तिथि शुरु भएर पञ्चम, अृमत योग, चन्द्रमा सिंह राशिमा छ । आज बिहान ६ः६७ मा सूर्योदय र १७ः३३ मा सूर्यास्त हुनेछ । नवग्रहमध्ये शनि ग्रह चाहिँ अलि बढी कारक ग्रह मानिन्छ ।

आज बिहान ९ः३६ देखि १०ः५६ सम्म राहुकाल रहेको छ । ११ः५४ देखि १२ः३६ सम्म अभिजित मुहूर्त छ । भनिन्छ राहुकाल भएको समयमा शुभकार्य नगर्नु होला । शनिबारका दिन पिपलको बृक्षको जल अभिषेक र विहान सूर्योदयको दर्शन गर्नु उत्तम मानिन्छ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : आजको दिन व्यापारव्यवसायबाट लाभ हुनेछ । परिवारको साथ सहयोगले मात्र तपाईंको योजना सफल हुनेछ । यात्राका लागि सूर्योदय पछि मात्र निस्कनु होला । यात्राबाट तपाईंलाई फाइदा हुनसक्छ । यात्रा गर्नुभन्दा अघि घरका जेष्ठ र श्रेष्ठ सदस्यबाट आशीर्वाद लिनुहोला ।  

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : वृष राशिका जातकका लागि आजको दिन व्यापारव्यवसायमा सोचेअनुसार नहुन सक्छ यस्तो अवस्थामा सकारात्मक हुन जरुरी छ । आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट  गर्दा नयाँ कार्ययोजना बन्न सक्छ । कुनै देवालयको दर्शन गर्नुहोला । आर्थिक हानी हुनेसक्ने छ त्यसैले सर्तक रहनुहाेला ।    

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : परिवार र आफन्तजनले तपाईंमाथि अनेक आरोप लगाउन सक्नेछन् । समय कष्टकर हुनेछ, मनमा निराशा उत्पन्न हुनसक्छ । त्यसैले आजको दिन सकारात्मक सोच राखेर काम गर्नुभयो भने मात्र खुसी हुनसक्नु हुनेछ । आजको दिन परिवारका सदस्य  र अन्य कोही सदस्यसँग विवाद गर्दा पनि हानी हुनसक्छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : कर्कट राशिका जातकले शनिबार विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने दुवै व्यक्तिको हानी हुनसक्छ । यात्रा गर्नुभयो भने अनावश्यक खर्च हुनेछ । शिवालय क्षेत्रमा गएर कुनै भोका व्यक्तिलाई खाना र बस्त्र दान दिनुहोला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :आजको दिन आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । चन्द्रमाको साथ रहेकाले तपाईंमा उत्साह बढ्नेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । सहयोगी आफन्त र मित्रबाट साथ सहयोग हुनेछ । यात्राबाट पनि नयाँ योजना पनि बन्न सक्नेछ । बिहान सूर्योदयको दर्शन गरेर मात्र कार्य अगाडि बढाइदिनुहोला ।   

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : तपाईंका कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । अध्ययन अध्यापनबाट तपाईंलाई सफलता प्राप्त हुनेछ । स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । साना कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला । शिवालय  यात्राले तपाईंकाे मनमा शान्ति प्राप्त हुनेछ । तपाईंले कसैलाई अपमान नगर्नुहोला ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आजको दिन तपाईंको यात्रा कार्यमूलक हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्रीजातिसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन अर्थलाभ हुने कार्य गर्नुभयो भने फाइदा हुनेछ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । तपाईंलाई विवादबाट हानी मात्र हुनेछ । आर्थिक व्यय हुने सम्भावना छ । आजको दिन अनावश्यक खर्च हुनसक्ने छ होस् पुर्‍याउनु होला। आजको दिन गृहस्थ कर्म गरेर समय विताउनु भयो भने तपाईको भलाई हुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : आजको दिन तपाईंले सोचअनुसारको काम हुनेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । त्यसैले आजको दिन मानसम्मान समेत मिल्नेछ । सामाजिक र अध्यात्मसेवाका काम गर्नुहोला । सामाजिक कार्यबाट नै तपाईलाई सकारात्मक उर्जा मिल्नेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : देवालय र शिवालयको यात्राले तपाईंलाई मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मानसम्मान प्राप्त हुनेछ । सकारात्मक सोच राखेर काम गर्नुहोला । तपाईंका लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । त्यसैले आजको दिन संयमताको खाँचो छ । आफ्नो नित्य कर्मयात्रामा निरन्तर लागिरहनु होला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा तपाईंमा सकारात्मक सोच आउने छ ।  दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ, परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ । साना बालबालबालिकालाई केही खाना र बस्त्र दान दिनुभयो भने मनमा हर्ष छाउने छ । शनिदेवताको मन्त्रजप गर्नाले पनि फाइदा हुनेछ ।  

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :आजको दिन अध्ययन अध्यापनमा समय बिताउदा मीन राशिका जातका लागि फाइदा हुनेछ । गृहस्थ कर्ममा समय बिताउनु होला । सामाजिक सेवा र चिन्तनको काममा समय दिनुहोला । नयाँ पुस्तक अध्ययन र सिर्जनात्मक लेखनका काममा लाग्नु होला । बिहानको सूर्योदयको दर्शन गरी सूर्यनारायणको ध्यान, जप गर्दा आत्मिक शक्ति बृद्धि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्