विद्युतप्राधिकरण हुम्लामा बिलिङ प्रणाली शुरू



हुम्ला ।

आइतबारदेखि नेपाल विधुत् प्राधिकरण हिल्दुंग वितरण केन्द्र हुम्लाले नयाँ बिलिङ प्रणाली लागू गरेको छ । केन्द्रको प्रवाधन अनुसार हुम्लामा अबदेखि डिजिटल रूपमा सेवादिने भएको छ । आफ्नो सेवालाई डिजिटल रूपमा लागू गर्दै प्राधिकरण हुम्लाले बिलिङ सिस्टम लागू गरेको हो ।

सरकारले चालु आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत १० युनिटमात्रै खपत गर्ने ग्राहकलाई पूरै शुल्क छुट तथा १५० युनिट र २५० युनिटसम्मको महसुलमा क्रमशः २५ र १५ प्रतिशत छुट घोषणा गरेको थियो । तर, यो नयाँ विद्युत् महसुलदर चालु आर्थिक वर्षको शुरूवातसँगै लागू गर्नुपर्ने भएकाले हुम्लाले माघ २ गतेदेखि नै बिलिङ प्रणाली अपग्रेडको काम शुरू गरेको वितण केन्द्रका प्रमुख साजन ऐडीले बताउनुभयो ।

केन्द्रले नयाँ प्रविधि प्रयोगमा ल्याएपछि हातले बिल काट्नुपर्ने झन्झट र फाइलको ढड्डा पल्टाउनुपर्ने समस्या अन्त्य भएको प्रमुख ऐडीले बताउनुभयो । प्रविधिबाट कर्मचारी लाई र सेवाग्राही घण्टौं लाइन लाग्नु पर्ने झन्झटबाट समेत मुक्त भएका छन् ।

प्रविधिको प्रयोगबाट ग्राहकले छिटो, छरितो र सहज रुपमा विद्युत्को महसुल तिर्न सहज भएको छ । एमपावर उद्घाटनको पहिलो दिनमै १ सय ५० जना सेवाग्राहीले सेवा लिएका छन् । पहिलो दिनमै १ लाख७ हजार रुपियाँ महसुल संकलन भएको छ ।

प्रतिक्रिया दिनुहोस्