नेपाल टेलिकमको फोरजी एलटीई नमस्ते वाइफाई विस्तार



काठमाडौं (नेस) ।

एफटीटीएच उपलब्ध नभएका सुगम स्थान र अधिकांश दुर्गम स्थानमा दु्रत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन नेपाल टेलिकमले फोरजी एलटीई नमस्ते वाइफाई विस्तार गर्ने भएको छ ।

कम्पनीले फोरजी एलटीई नमस्ते वाइफाई सेवाका विभिन्न आकर्षक प्याकेजहरू उपलब्ध गराइरहेको छ । कम्पनीले उपलब्ध गराईरहेका यी प्याकेजहरू आवश्यक डिभाइससहित ग्राहकलाई सहज रूपले प्राप्त होस् भनी नेपाल टेलिकम र साइवरनेटिक्स प्रालिबीच सम्झौता भएको छ ।

सम्झौतामा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र साइवरनेटिक्स प्रालिका सीईओ जेम्स न्याछ्योले हस्ताक्षर गर्नुभएको छ । फोरजी एलटीई नमस्ते वाइफाईमार्फत नेपाल टेलिकमले हाल दुई प्रकारका प्याकेजहरू उपलब्ध गराइरहेको छ । व्यक्तिगत प्याकेजअन्तर्गत होम ब्रोडव्यान्ड वेसिक ८ सयमा मा ६० जीवी ३० दिनका लागि उपलब्ध छ ।

त्यसैगरी १ वर्षका लागि ९ हजारमा ७२० जीवी प्याक उपलब्ध रहेको छ । यसलाई प्रतिमहिना ६० जीवीको दरले १२ महिनासम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । यी दुवैमा एड अन प्याकको रूपमा ४ सयमा १५ दिनका लागि ६० जीवीको प्याक लिन सकिने व्यवस्था गरिएको छ । होम ब्रोडब्यान्ड प्रिमियमअन्तर्गत १ हजार २ सयमा मा १२० जीवी प्याक ३० दिनको लागि उपलब्ध हुन्छ । त्यसैगरी १ वर्षका लागि १३ हजार ५ सयमा १ हजार ४ सय ४०जीवी प्याक उपलब्ध हुन्छ ।

प्रतिक्रिया दिनुहोस्