अन्तर्राष्ट्रिय निर्णायक अशोकको पदोन्नति



काठमाडौं ।

तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री अशोक खड्का ग्योरोगी विधातर्फ दोश्रो श्रेणीको रेफ्रीमा पदोन्नति भएका छन् । वल्र्ड तेक्वान्दो (डब्लुटी) को रेफ्री कमिटीले पनि सोको बारे प्रमाण पत्र अशोकलाई पठाइसकेको बताइएको छ ।

तेश्रो श्रेणीबाट दोश्रोमा पदोन्नति हुन करिब तीन वर्ष लागेको अशोकले जानकारी गराए । तेक्वान्दोको र्याङकिङ प्रतियोगिता र रिफ्रेसर कोर्षमा सहभागिता जनाई प्राप्त गरेको अंकका आधारमा अशोक एक तह माथि उक्लेका हुन् । तेश्रोबाट दोश्रोमा उक्लिन कम्तीमा ८ अंक आवश्यक पर्दछ । करिब ३ वर्षको अवधिमा अशोकले ७ प्रतियोगिता र ३ रिफ्रेसर कोर्ष (एक अनलाइनसहित) मा सहभागिता जनाइ १० अंक प्राप्त गरे ।

अशोकअघि, तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठ र रवीन्द्र मल्ला मात्र अन्तर्राष्ट्रिय दोश्रो श्रेणीका रेफ्री थिए । अशोकले सन् २०१९ मा मात्र ५ अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरे भने २ रिफ्रेसर कोर्षमा सहभागी भएका थिए । त्यस अवधिमा उनले जोर्डनमा भएको अल हसन ओपन, जर्मन ओपन, नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग), अस्ट्रेलियामा भएको ओसिएना प्रेसिडेन्ट कप र अस्ट्रेलियन ओपनमा निर्णायकका रूपमा सहभागी भएका थिए ।

त्यस्तै, ट्युनिसिया र अस्ट्रेलियामा भएको रिफ्रेसर कोर्षमा पनि सहभागी भए । सन् २०२० मा मेक्सिको ओपन र २०२१ मा भएको पाकिस्तान ओपनमा निर्णायकको भूमिका निभाएका अशोकले २०२० मा ग्योरोगी अनलाइन रिफ्रेसर कोर्षमा सहभागिता जनाएका थिए । अशोकलाई गत पुस ४ गते युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद प्रतिभा सम्मानअन्तर्गत उत्कृष्ट निर्णायकको विधामा सम्मान गरेको थियो । अशोक पारा तेक्वान्दो र पुम्सेका पनि अन्तर्राष्ट्रिय निर्णायक हुन् ।

आगामी महिना हुने आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटको लागि नेपाली राष्ट्रिय क्रिकेट टिम तयार भएको छ । बिहीबार नेपाल क्रिकेट संघले १६ विश्वकप ग्लोबल खेल्ने सम्भावित १६ खेलाडीको नाम सार्वजनिक गरेको हो । उक्त टिममा नेपालका फास्ट बलर सोमपाल कामी र विस्फोटक ब्याटरको रुपमा परिचित विनोद भण्डारीलाई भने टिममा समावेश गरिएन ।

भर्खरै सम्पन्न प्रधानमन्त्री कपमा असाधारण प्रदर्शन गरेका लोकेश बम पनि टिममा परे । एपीएफका खेलाडी लोकेशले सेमिफाइनलमा त्रिभुवन आर्मीविरुद्ध आक्रामक ब्याटिङ गरेसँगैं उनको विश्वकपको बाटो खोलेको हो । उनले सो खेलमा १४ बलमै अर्धशतक प्रहार गरेका थिए । यस्तै प्रदेश २ का विवेक यादव पनि टिममा परेका छन् । पुराना अनुभवी खेलाडीमा शरद भेषवाकर, प्रदीप ऐरी र जितेन्द्र मुखियाको राष्ट्रिय टिममा पुनरप्रवेश भएको छ ।

टी–२० विश्वकप ग्लोबल प्रतियोगिता आगामी फेबु्रअरी १७ देखि शुरू हुनेछ । फेबु्रअरी २४ सम्म चल्ने प्रतियोगितामा नेपालले छनोटअन्तर्गत समूह बी मा तीन टिमसँग प्रतिस्पर्धा गर्नेछ । उक्त समूहमा नेपालसहित ओमान, क्यानडा र फिलिपिन्स रहेका छन् । समूह ए मा आयरल्यान्ड, यूएई, जर्मनी र बहराइन छन् । हरेक समूहको शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टिमले आगामी अक्टोबर नोभेम्बरमा अस्ट्रेलियामा हुने टी–२० विश्वकपमा खेल्न पाउनेछन् ।

१६ सदस्यीय नेपाली टिमः
सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल, आसिफ शेख, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, विवेक यादव, लोकेश बम, प्रदीप ऐरी, शाहब आलम, अभिनाश बोहरा ।

प्रतिक्रिया दिनुहोस्