सविताले ल्याइन् सुर्ती चेपेर (भिडियोसहित)



अघिल्लो वर्ष गावैँ रमाइलो देशै रमाइलो बोलको गीत ल्याएर चर्चा पाएकी गायिका सविता परियारले यसपालि नयाँ गीत सुर्ती चेपेर सार्वजनिक गरेकी छिन्।गायिका परियारले म्युजिक भिडियोसहित आफ्नै युट्युब च्यानलबाट यो गीत सार्वजनिक गरेकी हुन्।

अग्रजदेखि अनुजसम्मका कलाकारको जमघटले गीतको भिडियो उत्कृष्ट बनेको छ। सविता परियार र खेमराज गौतमको स्वर रहेको गीतमा शब्द सिर्जना गायिका स्वयंकै छ भने लय सिर्जना खेमराज गौतमको छ। सुनील परियारको संगीत सिर्जना रहेको गीतको भिडियोमा शरद एलजी र आरती परियारले अभिनय गरेका छन्।

भिडियोमा अन्य थुपै्र चर्चित अनुहार पनि देखिएका छन्। समीर रामदामद्वारा निर्देशित भिडियोमा छायांकन प्रकाश खड्का र सम्पादन समीर पराजुलीको रहेको छ।

प्रतिक्रिया दिनुहोस्