बलिउडमा तेस्रो बिहेसम्म असफल



केहीअघि मात्र बलिउड अभिनेता अमिर खान र निर्देशक किरण रावले १५ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गर्ने घोषणा गरेका गरे। सन् २००५ मा विवाह बन्धनमा बाँधिएका उनीहरूले सम्बन्ध विच्छेद गर्न लागेको घोषणा गरेका थिए।

छुट्टिन पाउँदा आफूहरू खुसी रहेको बताएका उनीहरूले छोरा आजादको भने संयुक्तरूपमा पालनपोषण गर्ने बताएका थिए। फिल्म लगानको सुटिङ सेटमा सहायक निर्देशक र हिरोको रूपमा भेटिएको किरण र अमिरको दोस्ती प्रेम सम्बन्धमा विस्तार हुँदै जाँदा विवाहमा परीणत भएको थियो।

पहिलो विवाह बाल्यकलकालको साथी रीना दत्तको साथमा २२ वर्षको उमेरमा गरेका अमीरको रीनासँगको १६ वर्षे दाम्यत्य जीवनमा दरार आएपछि उनीहरु छुट्टीएका थिए भने किरणसँगको दोस्रो विवाह पनि असफल भयो। बलिउडमा दोस्रो विवाह पनि असफल हुने अमिर खान मात्र होईनन, अन्य धेरै सेलीब्रेटीको दोस्रो विवाह सफल हुन सकेन। जस्तो कि :

करण सिंहको तेस्रो बिहेसमेत टिकेन
टेलिभिजनका चर्चित अभिनेता करण सिंह ग्रोवरले अभिनेत्री बिपासा बसुका साथ तेस्रो विवाह गरेका थिए। उनले त्यस भन्दा पहिले अभिनेत्री जेनिफर विटेन्गसँग दोस्रो तथा अभिनेत्री श्रद्धा निगमका साथ पहिलो विवाह गरेका थिए। तर उनीहरु दुवैसँग उनको दाम्पत्य सम्बन्ध दुई वर्षभन्दा बढि टिक्न सकेन।

जेनिफरका साथ करणको अनस्क्रिन जोडी खुब मन पराईन्थ्यो। तर विवाह पछि उनीहरुको सम्बन्ध लामो समयसम्म टिक्न सकेन। त्यसपछि उनीहरुको सम्बन्ध विच्छेद हुन पुगेको थियो।

 

निलिमा अजिमको दुवै सम्बन्ध विच्छेद
चर्चित बलिउड अभिनेत्री निलिमा अजिमले अभिनेता पंकज कपुरका साथ पहिलो विवाह गरेकी थिइन्। तर, उनको विवाह पाँच वर्षभन्दा बढी टिक्न सकेन। अभिनेता साहिद कपुर पंकज र निलिमाका छोरा हुन्।

पंकज कपुरसँगको सम्बन्ध विच्छेदपछि निलिमाले अभिनेता राजेश खट्टरका साथ विवाह गरेकी थिइन्। राजेशका साथ विवाह भएपछि उनीहरूको एक छोरा इशान खट्टर जन्मिए। जो हाल बलिउड अभिनेता रहेका छन्। पंकजका साथ पनि निलिमाको ११ वर्षे वैवाहिक सम्बन्ध टुंगियो।

 

श्वेता तिवारीको दोस्रो सम्बन्ध पनि टुट्यो
चर्चित भारतीय टेलिभिजन अभिनेत्री श्वेता तिवारी बेला–बेलामा आफ्नो व्यक्तिगत जीवन तथा सम्बन्ध विच्छेदका कारण चर्चामा रहने गर्छिन्। उनले टेलिभिजन अभिनेता राजा चौधरीका साथ सन् १९९८ मा विवाह गरेकी थिइन्।

उनीहरूको एक छोरी पलक तिवारी रहेका छन्। तर, श्रीमानसँग श्वेताको राम्रो सम्बन्ध थिएन। श्वेताले राजाविरुद्ध घरेलु हिंसाको मुद्दा दायर गरेकी थिइन्। राजाका साथ सम्बन्ध विच्छेद गरेर अभिनव कोहलीका साथ दोस्रो विवाह गरेकी श्वेताको दोस्रो विवाह पनि असफल रह्यो।

कबिर वेदीको चौथो बिहे
बलिउडका दिग्गज अभिनेता कवीर वेदीले सन् १९६९ मा चर्चित मोडल तथा डान्सर प्रोतिमासँग विवाह गरे। उक्त विवाह पाँच वर्षपछि नै टुटेको थियो। उनीहरूको सिद्धार्थ तथा पूजा गरी एक छोरा र एक छोरी रहेका थिए। प्रोतिमापछि कबिरले अमेरिकन मोडल सुसैन ह्याम्फ्रेका साथ विवाह गरे।

तर, यो विवाह पनि सन् १९९० मा टुट्यो। त्यसपछि उनले ब्रिटेनकी टेलिभिजन प्रस्तोता निक्कीका साथ विवाह गरे। उक्त विवाह पनि सन् २००५ मा टुटेपछि उनले परवीन दुसातका साथ चौथो विवाह गरे।

प्रतिक्रिया दिनुहोस्