अप्ठ्यारो समयमा हिम्मत बढाउनुहोस् !



  • प्रेम रावत

कोरोना भाइरसका कारण मानिसहरूमा अझैँ पनि डर छँदै छ । तपाईँ डराउन सक्नुहुन्छ । यदि तपाईँ डराउन चाहनुहुन्छ भने यो कुरा तपाईँमाथि निर्भर रहन्छ । तर, तपाईँलाई म के भन्न चाहन्छु भने, डराएर केही पनि कुरा प्राप्त हुन सक्दैन । तपाईँ डराउनुभयो भने दुःखी हुनुहुनेछ । तपाईँ दुःखी भएपछि तपाईँको शरीर अझैँ कमजोर हुन्छ । त्यसपछि त्यो जुन भाइरसका कारण तपाईँ डराइरहनुभएको छ, तपाईँलाई त्यसले आक्रमण गर्न सक्छ ।

तपाईँभित्र कस्ता–कस्ता शक्तिहरू छन् ? कुन–कुन शक्तिलाई तपाईँ सदुपयोग गर्न सक्नुहुन्छ ? तपाईँसँग सहनशीलता छ, धैर्यता छ, स्पष्टता छ अनि चिन्ने शक्ति पनि छ । यति मात्र होइन, तपाईँभित्र सारा संसारका रचयिता छन् । यसको अर्थ तपाईँभित्र जुन कुराहरू छन्, तिनमा केही कमी छैन । अनि, तपाईँ जस्तोसुकै कठिनभन्दा कठिन परिस्थितिमा पनि तिनलाई प्रयोग गर्न सक्नुहुन्छ ।

एकपटकको कुरा हो । राजा अकबरको दरबारमा एकजना कवि घुम्दै आइपुगे । उनले अकबरका बारेमा एउटा कविता लेखे : ‘अकबर एकदमै महान् हुनुहुन्छ, उहाँ दयालु हुनुहुन्छ !’ सबैले भने, ‘यो त यिनले एकदमै राम्रो कुरा भनिरहेका छन् !’ उनको कविता सुन्दै गर्दा मानिसहरू प्रशंसा पनि गरिरहेका थिए ।

अब त कविलाई पनि लाग्यो, ‘मेरो कवितालाई सबैले मन पराइरहेका छन् । उनले फेरि अर्को एउटा कविता लेखे । त्यसमा राजाको अभैm बढी प्रशंसा गरिएको थियो । मानिसहरू उनको अभैm बढी तारिफ गर्न थाले । कविलाई महसुस भयो– मानिसहरू ताली बजाइरहेका छन्, सबै प्रसन्न भइरहेका छन् । राजा पनि खुशी भइरहेका छन् । अनि, उनले अभैm अर्को कविता लेखे । यसरी नै उनले कविता वाचन गरिरहे, गरिरहे । अन्त्यमा उनले एउटा यस्तो हरफ वाचन गरिदिए, जसमा उनले भने– ‘तपाईँ त भगवान्भन्दा पनि ठूलो हुनुहुन्छ !’

जसै उनले यसो भनेका मात्र के थिए, दरबारभरि सबैजना चुपचाप भए । कोही कवितर्पm हेरिरहेका छन् त कोही अकबरतिर हेरिरहेका छन् । मानिसहरू अलमलमा परे– के हामीले ताली बजाउनुहुने हो कि बजाउनु नहुने हो !’ यदि ताली बजाऊँ भने यसको अर्थ वास्तवमा हामीलाई यसका कुरामा सहमत छ भन्ने हुन्छ– ‘अकबर भगवान्भन्दा पनि ठूला हुन् ।’ तर, यो त हुनै सक्दैन । अब यो कसरी सम्भव हुन्छ । उनीहरूमा अन्योलको पहाडै ठडियो । राजाले चारैतिर हेरे– कसैले पनि ताली बजाइरहेका छैनन् । अनि दरबारभरि सबै निःशब्द भएका छन् । कसरी यस्तो भइरहेको छ ? त्यसपछि अकबरले वीरबलतिर हेरेर भने, ‘वीरबल ! के साँच्चै म भगवान््भन्दा पनि ठूलो हुँ त ?’अनि वीरबल भन्छन्, ‘महाराज ! मलाई एक–दुई दिनको समय दिनुहोस् । म हजुरलाई सोचेर बताउनेछु !’ अकबरले भने, ‘हुन्छ !’

वीरबल द्विविधामा परे । के भन्ने ? यदि म राजालाई भनूँ– ‘हजुर ! तपाईँ त भगवान्भन्दा पनि ठूलो हुनुहुन्छ !’ त्यो पनि गलत हुनेछ । अनि, राजालाई यो कुरा पनि राम्रोसँग थाहा छ– ‘उहाँ भगवान्भन्दा ठूलो हुनै सक्नुहुन्न । यसो भनेमा मलाई सजाय दिइनेछ ।’ वीरबल सोचिरहेका थिए तब उनमा एउटा तरिका उब्जियो । भोलिपल्ट उनी खुशी हुँदै दरबारमा गए । उनले अकबरलाई भने, ‘महाराज मैले हजुरको प्रश्नको उत्तर पत्ता लगाएको छु ।’अकबरले वीरबलसँग सोधे, ‘के साँच्चै म भगवान्भन्दा पनि ठूलो हुँ ?’वीरबलले भने– ‘महाराज ! यो सानो–ठूलोको कुरा होइन तर तपाईँ एउटा कार्य गर्न सक्नुहुन्छ, जुन भगवान्ले गर्न सक्दैनन् ।’ यस कुराले पनि पूरै दरबारभरि एकदमै सन्नाटा छायो ।

अकबरलाई पनि लाग्यो, ‘म कुनचाहिँ त्यस्तो काम गर्न सक्छु, जुन भगवान्ले पनि गर्न सक्दैनन् ! यो त निकै ठूलो कुरा हो ।’अकबरले भने, ‘वीरबल भन, कुन त्यस्तो काम हो, जुन काम म गर्न सक्छु तर भगवान्ले पनि गर्न सक्दैनन् ?’त्यसपछि वीरबलले भने, ‘तपाईँ कसैलाई पनि आफ्नो देशबाट, जहाँसम्म तपाईँको राज्य छ, त्यहाँबाट निकाला गरिदिन सक्नुहुन्छ । तर, ती जो सारा संसारका सृष्टिकर्ता छन् तिनले कसैलाई पनि आफ्नो राज्यबाट बाहिर निकाला गर्न सक्दैनन् । जहाँसम्म उनको सृष्टि छ, जहाँसम्म उनको रचना छ, उनले कसैलाई कहाँ बाहिर निकाला गरिदिन सक्लान् ? कहाँ पठाउन सक्लान् ? कुनचाहिँ त्यस्तो स्थान होला जहाँ उनी नहून्, जहाँ उनको नहोओस् !’

अकबरलाई यो कुरा एकदमै राम्रो लाग्यो । उनी वीरबलको उत्तर सुनेपछि अत्यन्तै प्रसन्न भए । वास्तवमा यदि हेर्ने हो भने कुनचाहिँ यस्तो स्थान छ, कुनचाहिँ यस्तो चीज छ, जहाँ उनी नहोऊन् ! उनी हामीभित्र पनि विराजमान छन् । उनी हामीभित्र बसेका छन् । अनि, हामीले डराउनुपर्ने आवश्यकता नै के छ र !

मानिसहरू यो भाइरसबाट बच्न कोशिश गरिरहेका छन् । तर, सबैभन्दा ठूलो कुरा के हो भने तपाईँ सबैलाई मद्दत गर्नुहोस् । एकान्तवास (आइसोलेसन) मा रहनुहोस् । खुशी रहनुहोस् अनि वास्तविक खुशी तब हुनेछ जब मानिस आफूले आफूलाई चिन्न थाल्नेछ : मभित्र को बसेका छन् ? यसका लागि मानिसहरूले अन्तर्मुख भएर यो कुरालाई बुझ्नु आवश्यक छ । आफ्नो यो समयलाई राम्रोसँग बिताउनुहोस्, आनन्द लिनुहोस्, खुशी रहनुहोस्, किनकि खुशी हामीभित्रै छ ।

हामी धेरै कुरा सुन्छौँ । यस्तो गर्नुपर्छ, उस्तो गर्नुपर्छ तर भित्र डर हुन्छ– मलाई के हुने हो ! यो समय डराउनका लागि होइन । यो समय त ध्यानपूर्वक काम गर्नका लागि हो । शान्तिपूर्ण तबरमा काम गर्नका लागि हो । जसले गर्दा यो समयको पूर्ण रूपले फाइदा लिँदै आनन्दसँग, सुरक्षित तरिकाले रहन सकौँ र यो समय बितेर जाओस् । यो कसरी सम्भव हुन्छ ? यो बुझ्नुपर्ने कुरा छ ।

हामीलाई भनिएको छ– आइसोलेसन (छुट्टै बस्नुपर्ने अवस्था) मा बस्नुपर्छ । यो राम्रो कुरा हो तर यो समयावधि आनन्दसँग बितोस्, यो कसरी सम्भव हुन्छ ? यसका लागि कुनै अरूथोक नभएर तपाईँलाई तपाईँको आफ्नै आवश्यकता छ । किनकि, तपाईँभित्र गुण पनि छ र अवगुण पनि छ । तपाईँभित्र त्यो चीज पनि छ, जसले तपाईँलाई दुःख दिन्छ । अनि, तपाईँभित्र त्यो चीज पनि छ, जसले तपाईँलाई आनन्दविभोर तुल्याइदिन्छ । कुरा के हो भने, हामी कुनचाहिँलाई छनोट गर्छौं !

यो संसार एउटा सपिङ मल (बजार) हो । अनि, तपाईँलाई चिट्ठा परेको छ । तपाईँ यस सपिङ मलमा हुनुहुन्छ । तपाईँ यहाँ हरेक चीजको आनन्द लिन सक्नुहुन्छ । तर, जाने समय आएपछि तपाईँले आपूmसँग कुनै पनि चीजलाई लैजान पाउनुहुन्न । यस्तो कानुन छ । तथापि तपाईँ चीजबीजलाई यसरी जम्मा गर्दै हुनुहुन्छ । जस्तो कि तपाईँ यसलाई साथैमा लिएर जान पाउनुहुन्छ । तर, लिएर जान सक्नुहुन्न । अनि, के गर्नुहुन्छ ? एउटै कुरा गर्न सक्नुहुन्छ– त्यो हो, तपाईँ आफ्नो जीवनमा यहाँ रहुन्जेलसम्म पूरा फाइदा लिन सक्नुहुन्छ । आनन्द लिन सक्नुहुन्छ । त्यसो हो भने के मेरो जीवन आनन्दसँग बितिरहेको छ कि छैन ?

सबैजसो भविष्यको कुरा गर्छन् । तर, यही समयको कुरा कोही पनि गरिरहेका छैनन् । म यही समयको कुरा गर्न चाहन्छु । किनकि, यो समय यी दुई पर्खालको बीचमा छ । एउटा पर्खाल, जहाँ तपाईँ यो संसारमा आउनुभएको छ । अनि अर्को पर्खाल, जहाँबाट अर्कोतिर तपाईँ कहाँ जानुहुन्छ, यो कुरा कसैलाई पनि थाहा हुनेछैन । यी दुई पर्खालका बीचमा तपाईँसँग यो जुन समय छ, त्यो हो– तपाईँको जीवन । जसलाई तपाईँ दुःखी भएर पनि बिताउन सक्नुहुन्छ र सुखी भएर पनि बिताउन सक्नुहुन्छ । यदि तपाईँले यसलाई रुँदै–रुँदै बिताउनुभयो भने तपाईँलाई दुःख नै हुन्छ । यदि तपाईँ यसलाई आनन्दका साथ बिताउनुहुन्छ भने आनन्द प्राप्त हुन्छ, सुख प्राप्त हुन्छ ।

म चाहन्छु, तपाईँको जीवनमा सुख होओस् । यो कठिन परिस्थितिमा पनि तपाईँको जीवनमा आनन्द हुनुपर्छ र आनन्द सम्भव छ । तपाईँले आगामी समयमा के गर्नुपर्छ, स्पष्ट हुन सक्नुहुन्छ । ‘कसरी तपाईँले धैर्य गर्नुपर्छ ! कसरी तपाईँले साहसका साथ काम गर्नुपर्छ !’ यी कुरा यो समयमा अत्यन्तै आवश्यक छ । किनकि, डराएर त आँखा बन्द हुन्छ । जब हिम्मत आउँछ तब आँखा खुल्छ । के गर्नुपर्छ, के गर्नुहुँदैन ? थाहा हुन्छ ।

आपूmलाई अलग्गै (आइसोलेसनमा) राख्ने, हात धुने, अनि एक–अर्कासँग कमसेकम ६ फिटको दूरीमा रहेर बस्ने, यी कुराहरू त तपाईँलाई त्यो रोगबाट बच्नका लागि हुन् । तर जुन उदासीनताको रोग छ, भ्रमित हुने बिमारी छ, त्यसबाट कसैले बचाउन सक्छ भने त्यो हो– ‘तपाईँ’ । त्यसका लागि तपाईँलाई ‘तपाईँ’ कै आवश्यकता पर्छ । त्यसैले आपूmभित्र भएको त्यो शक्तिलाई चिन्नुहोस् । त्यो शान्तिलाई चिन्नुहोस् अनि आनन्दमा रहनुहोस् ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल ।)

प्रतिक्रिया दिनुहोस्