डिजिटल नेपाल फ्रेमवर्क अवधारण कार्यान्वयन हुँदै



नेपाल समाचारपत्र, काठमाडौं । 

चालु पन्ध्रौं आवधिक योजनामा कार्यान्वयन गर्ने गरी अगाडि सारिएको डिजिटल नेपाल फ्रेमवर्क अवधारणा आंशिक रूपमा कार्यान्वयनमा आएको छ ।

डिजिटल नेपाल फ्रेमवर्क अवधारणा कार्यान्वयनको अवस्था के कस्तो रहेको छ भन्ने जिज्ञासामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल दत्तले डिजिटल सिग्नेचर, साइबर सेक्युरिटी, नेसनल पेमेन्ट गेटवे, डाटा सेन्टर वाइफाई हटस्पट, फाइभजी परीक्षणको क्षेत्रमा केही काम भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘डिजिटल नेपाल फ्रेमवर्क बहुनिकायबीचको संयुक्त पहलमा अगाडि बढिरहेको अवधारणा हो ।‘सञ्चार मन्त्रालयले मुलतः समन्वयको भूमिका निर्वाह गरिरहेको छ । कुल ८ कार्यक्षेत्रका ८० वटा पहलमध्ये केही कार्यान्वयमा आएका छन् भने केही प्रारम्भिक चरणमा रहेका छन्’ – दत्तले भन्नुभयो ।

नेसनल पेमेन्ट गेटवे निर्माणको कार्य अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले गरिरहेको, फाइभजी परीक्षणका लागि नेपाल टेलिकमलाई अनुमति दिइएको, कोहलपुर र खुमलटारमा डाटा सेन्टर स्थापनाका लागि डीपीआर तयार पार्ने काम अगाडि बढेको, प्रामाणिक नियन्त्रणको कार्यलयले ३ हजार ६ सय बढी डिजिटल सिग्नेचर जारी गरिसकेको, दूरसञ्चार प्राधिकरणको पहलमा अन्नपूर्ण बेस क्याम्प, जानकी मन्दिर, सिंहदरबारलगायतका स्थानमा वाइफाई हट स्पट स्थापना गरिएको उहाँले जाकारी दिनुभयो ।

मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले दूरसञ्चार विकास कोषमा संकलित रकमबाट ७ वटै प्रदेशमा अप्टिकल फाइबर बिच्छ्याउने काम भइरहेको, मन्त्रालयको पहलमा नागरिक ऐप निर्माण भइसकेको, नेपाल टेलिकम र डिजिटल पेमेन्ट कम्पनी राष्ट्रिय वाणिज्य बैंकको साझेदारीमा डिजिटल पेमेन्टसम्बन्धी कार्य अगाडि बढिरहेको र आपूmले हार्ड कपिमा गरिने हस्ताक्षरलाई बिदा गरी डिजिटल सिग्नेचर अवलम्बन गरेको बताउनुभयो ।

एक राज्य, ८ कार्यक्षेत्र (डिजिटल फाउन्डेसन, कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, वित्त, शहरी विकास) र ८० डिजिटल पहलहरू (उपक्षेत्र) अगाडि सारिएका सहसचिव दत्तले बताउनुभयो डिजिटल फाउन्डेसनअन्तर्गत–इन्टरनेट सेवालाई आधारभूत सेवाका रूपमा बिस्तार, फाइभजी सेवा सञ्चालन, अप्टिकल नेटवर्क बिस्तार, उच्च गतिको इन्टरेनट, आईसीटी विशेष आर्थिक क्षेत्र, नेपाल सरकार ऐप, पब्लिक वाइफाई, राष्ट्रिय साइबर सुरक्षा केन्द्र, प्रादेशिक डाटा सेन्टर स्थापना, डिजिटल सिग्नेचर, राष्ट्रिय वायोमेटिक कार्ड, कृषि क्षेत्रअन्तर्गत ई–हाट बजार, ई–ल्यान्ड(जग्गा डिजिटल रेकर्ड) स्मार्ट इरिगेसन, स्मार्ट लाईभस्टक जस्ता काम अगडि बढेको उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्य क्षेत्रअन्तर्गत–केन्द्रीय टेलिमेडिसिन, ई–हेल्थ रेकर्ड, ई–मेन्टल केयर, शैक्षिक क्षेत्रअन्तर्गत स्मार्ट टिचिङ, अनलाईन एजुकेसन, सेन्ट्रलाइज रजिस्टे«सन सिस्टम, वायोमेट्रिक एटेन्डेन्स, ऊर्जा क्षेत्रअन्तर्गत स्मार्ट मिटरिङ, स्मार्ट ग्रिड, पर्यटन क्षेत्रअन्तर्गत– इलोक्ट्रोनिक्स भिसा, इलोक्ट्रोनिक्स टुरिजम गाइड, वित्तीय क्षेत्रअन्तर्गत – नेसनल पेमेन्टगेटवे, डिजिटल पेमेन्ट, क्रेडिट रेटिङ, मोवाइल वालेट सर्भिस, सिंगल उइन्डो फर बिजनेसजस्ता कामलेसमेत गति लिएको सविच अर्यालले जानकारी दिनुभयो ।

पन्ध्रौं आवधिक योजनामा डिजिटाइजेसनमार्फत मुलुकको सामाजिक, आर्थिक र शासकीय व्यवस्थामा सुधार गर्ने उद्देश्यका साथ डिजिटल नेपाल फ्रेमवर्कको अवधारण सन् २०१९ मा अगाडि सारिएको हो ।

प्रतिक्रिया दिनुहोस्