गीतमा झालमा फल्ने लौका (भिडियोसहित)



किशोर विश्वकर्माको स्वर र संगीतमा झालमा फल्ने लौका बोलको गीत भिडियोसहित सार्वजनिक गरिएको छ। पहिले पहिले लाहुर गएर फर्कंदाको झल्को दिने गीतमा गायक किशोर र अनुजा अधिकारीका साथमा मेघराज पौडेल र सलिना मिश्रले अभिनय गरेका छन्। गीतमा योगेश मुखियाको शब्द र कमल सौरागको संगीत संयोजन छ।

रमेश थापाको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा देव पुनको छायाँकन र तारा किम्भेको सम्पादन छ। भिडियो सीता राईले कोरियोग्राफी गरेकी हुन्। गीतको भिडियो आस्था क्रियसन युट्युब च्यानलमा अपलोड गरिएको छ।

प्रतिक्रिया दिनुहोस्