‘बौद्ध दर्शन र मार्क्सवाद’ विषयक परिचर्चा



न्युज अफ नेपाल, काठमाडौं ।

साहित्य सन्ध्याकोे नियमित मासिक ४२४ औँ शृङ्खलामा आज भर्चुअलरूपमा ‘बौद्ध दर्शन र माक्र्सवाद’ विषयमा चर्चासहित कविगोष्ठी गरिएको छ । कार्यक्रममा उपप्राध्यापक वेदराज ज्ञवालीले गौतम बुद्ध धर्मप्रधान, अध्यात्मप्रधान र विचारधाराका हुन् भने कालमाक्र्स आर्थिक समस्यासमेत समाधान गर्ने वैज्ञानिक विचारधाराका प्रवर्तक हुन् भन्नुभयो ।

उहाँले दुवै दार्शनिकले मानवीय र सांस्कृतिक आन्दोलनका माध्यमबाट व्यक्तिगत सम्पतिको हक कायम राख्न नहुनेमा जोड दिँदै रूपान्तरणको विचार सम्प्रेषण गरेको टिप्पणी गर्नुभयो ।

गोष्ठीमा महेशराज खरेल, ललिता दोषी, रामदेव पाण्डेय, खेमराज निरौला, दुर्गा नेपाली, बेनीबहादुर थापा, ओमप्रसाद कोइराला, गोपाल नेपाल, जयन्ती स्पन्दन, भक्ति घिमिरे ‘दुर्बोध’, विन्दु अधिकारी ढकाल, डा राजेन्द्रप्रसाद अधिकारी, गणेश घिमिरे ‘मार्मिक’, डा भीम खतिवडा, तिला लेकाली, तारक धिताल, कात्यायन, अनिता लामा, प्रशान्त खरेल, डा कृष्ण सुवेदी, वासुदेव अधिकारी, उर्मिला पन्त पाण्डेय, डम्बर पहाडी, ज्ञानु विद्रोही र राम विनयले आआफ्ना कविता, गीत, हाइकु, एलाक वाचन गर्नुभएको थियो ।

वाचित सिर्जनामाथि ज्ञानु विद्रोहीले टिप्पणी गर्दै दैनिक भोगाइमा समस्या रचननामा प्रस्तुत भएको बताउनुभयो । गोष्ठीका अध्यक्ष राम विनयले साहित्यकारले जहिल्यै पनि सत्य र न्यायको पक्षमा उभिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्