हिमालयन क्यापिटलको ग्राहक लक्षित योजना



काठमाडौं (नेस) ।

हिमालयन क्यापिटल लिमिटेडले सर्वसाधारण लगानीकर्तालाई नेप्सेमा नयाँ लगानी गर्दा प्राप्त हुनसक्ने प्रतिफलमा आधारित हिमालयन ‘अल्फा’ र ग्राहकको यथास्थितिमा रहेको पोर्टफोलियोमा प्राप्त हुनसक्ने प्रतिफलमा आधारित हिमालयन ‘सिग्मा’नामका लगानी व्यवस्थापन योजनाहरूको विकास गरेको छ ।

हिमालयन ‘अल्फा’योजनामा हिमालयन क्यापिटलले ग्राहकको लगानीमा वार्षिक रूपमा सिर्जना गरेको प्रतिफललाई सोहि अवधिमा नेप्सेले प्रदान गरेको प्रतिफलसँग तुलना गरिने छ भने हिमालयन सिग्मा योजनामा हिमालयन क्यापिटलले ग्राहकको लगानीमा वार्षिक रूपमा सिर्जना गरेको प्रतिफललाई लगानीकर्ताले शुरूमा हस्तान्तरण गरेको धितोपत्रको पोर्टफोलियोले प्रदान गरेको प्रतिफलसँग तुलना गर्ने भएको छ ।

सिर्जित प्रतिफलको बार्षिक मूल्यांकन गर्दा हिमालयन क्यापिटलले ग्राहकको लगानीमा सिर्जना गरेको प्रतिफल बढी हुने अवस्थामा अधिक सिर्जित प्रतिफलमा मात्र अतिरिक्त सेवा शुल्क लाग्ने कम्पनीले जनाएको छ । हिमालयन क्यापिटलले ग्राहकको लगानीमा नेप्सेले वा ग्राहकले हस्तान्तरण गरेको पोर्टफोलियोले प्रदान गरेको प्रतिफलभन्दा बढी प्रतिफल सिर्जना गर्न नसकेमा ग्राहकले अतिरिक्त सेवा शुल्क बुझाउनु नपर्ने दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्