काइलीलाई नयाँ रेकर्ड



चर्चित मोडल तथा टेलिभिजन स्टार काइली जेनरले सामाजिक सञ्जाल इन्स्टाग्राममा नयाँ रेकर्ड कायम गरेकी छिन्। अब काइली इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स हुने संसारकै पहिलो महिला सेलिब्रेटी भएकी छिन्।

इन्स्टाग्राममा काइलीको फलोअर्सको संख्या तीन सय मिलियनको आँकडामा पुगेपछि उनले यो स्थान हासिल गरेकी हुन्। यो सँगै काइलीको इन्टाग्राम एकाउन्ट इन्स्टाग्राममा सबैभन्दा बढी फलो गरिएको तेस्रो अकाउन्टसमेत बनेको छ।

काइलीले इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स भएको अकाउन्ट इन्स्टाग्रामकै आधिकारिक अकाउन्ट रहेको छ। जसको चार सय ६० मिलियन फलोअर्स रहेको छ भने दोस्रो सबैभन्दा बढी फलो गरिएको एकाउन्ट भने पोर्चुगलका खेलाडी क्रिस्टियानो रोनाल्डोको रहेको छ। उनलाई तीन सय ८९ मिलियन इन्स्टाग्राम प्रयोगकर्ताले फलो गरेका छन्।

प्रतिक्रिया दिनुहोस्