अस्ट्रेलियामा कोभिडः दुई सातामा १० लाख संक्रमित



Close up of Indian baby girl wearing the mask for protect them self from virus and air pollution. Prevention by mask to reduce spread of the coronavirus covid-19 outbreak from human to human transmission.

न्युज अफ नेपाल, एजेन्सी ।

अस्ट्रेलियाका कोभिड संक्रमितको संख्या दिनप्रति दिन बढिरहेको छ । कोभिडको नयाँ भेरियन्ट देखिएसँगै संक्रमितको सख्ंया पनि दिनहुँ बढिरहेको छ । विहीबार एकै दिन एक लाख ४७ हजारमा कोभिड देखिएको छ । यो संख्या अस्ट्रेलियाका कोभिड देखिएपछिको अहिलेसम्मकै उच्च हो ।

संक्रमितमध्ये ९२ हजार जना न्यु साउद वेल्स एनएसडब्लू का छन् । पछिल्लो दुई सातामा अस्ट्रेलियामा १० लाख जनामा संक्रमण देखिएको छ । महामारी फैलिएपछि अहिलेसम्म १४ लाख जनामा संक्रमण देखिएको छ ।

अस्ट्रेलियामा पछिल्ले कोभिड लहरमा ५३ जनाको मृत्यु भइसकेको छ । तीमध्ये २२ जना एनएसडब्लूका छन् । ओमिक्रोन वेभको समयमा मृत्यु दर यसअघिको महामारीमा भन्दा न्यून रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्