यी हुन् ओमिक्रोन संक्रमणका नयाँ लक्षणहरु



न्युज अफ नेपाल, काठमाडौं ।

विश्वभर पछिल्लो समय कोरोना भाइरसको नयाँ भरियन्ट ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्टभन्दा बढी सङ्क्रामक रहेको बताइएको छ । ओमिक्रोन भेरियन्टले मानिसको स्वास्थ्यमा जटिलता कम गराए पनि संक्रामक दर गुणात्मक रुपमा फैलिने विज्ञहरुले बताइएका छन् ।

अन्य भेरियन्टको तुलनामा यो भेरियन्ट तीव्र दरमा फैलिने गरेको छ । ओमिक्रोनले पार्ने असरका बारेमा थप अध्ययन अनुसन्धान भइरहेको  छ । पछिल्लो एक हप्तामा कोरोना सङ्क्रमण विश्वभर एक करोडमा पुष्टि भएको छ । यति धेरै सङ्क्रमण हुनुको कारण ओमिक्रोन भेरियन्ट नै रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

ओमिक्रोनले कोरोना खोप लगाएका-नलगाएका दुवैलाई सङ्क्रमण हुन सक्दछ । सङ्क्रमित भएकामध्ये खोप नलगाएकालाई धेरै गा-हो बनाउन सक्ने अहिलेसम्मको अध्ययनले देखाएको छ । खोप नलगाएका व्यक्तिको ज्यान जाने पनि खतरासमेत रहेको छ ।

डेल्टा  र ओमिक्रोन दुई फरक भेरियन्टको भाइरसलाई हाल प्रयोगमा आइरहेको पिसिआर प्रविधिबाट छुट्याउन भने सकिँदैन। तर पछिल्लो समयमा नेपाल सरकारले सार्वजनिक गरेको तथ्यांकले २२ प्रतिशत एस-जीन नेगेटिभ सिक्वेन्सिङ गर्दा ओमिक्रोन पुष्टि भएको र बाँकीमा एस-जीन पोजिटिभ देखिँदा अघिल्लो भेरियन्ट डेल्टासँगै ओमिक्रोन फैलिएकाे छ ।  अस्पतालमा केहि दिन यता निरन्तर कोरोना संक्रमितको संख्या बढ्दै जाँदा उनीहरुमा यी निम्न ५ लक्षणहरु प्रमुख देखिएका छन्।

  •  घाँटी दुख्नेरअसहज हुने।
  •  थकान महसुस हुने।
  •  टाउको र शरीरका मांशपेशी दुख्ने।
  •  हल्का शरीर तातिएको महसुस हुने।
  •  नाकबाट पानी आउनेरबन्द हुने।

प्रतिक्रिया दिनुहोस्