‘युरोपको आधा जनसंख्यामा कोभिड’



न्युयोर्क, (एजेन्सी) ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले आगामी आठ साताभित्र युरोपको आधाभन्दा बढी जनसंख्या कोभिड संक्रमित हुने चेतावनी दिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै युरोपका विभिन्न देशमा संक्रमण दर ह्वात्तै बढिरहेका बेला डब्ल्यूएचओको चेतावनी आएको हो ।

पश्चिमबाट पूर्व फैलिएको ओमिक्रोन वेभले सम्पूर्ण युरोप नराम्रोसँग प्रभावित भएको डब्ल्यूएचओका डा. हान्स क्लुगीले बताए । सन् २०२२ को पहिलो साता सम्पूर्ण युरोपमा ७० लाख नयाँ संक्रमित भेटिएका छन् । भाइरस पश्चिमा देशहरूबाट बाल्कन्सतर्फ फैलिँदै गर्दा युरोप र मध्यएसियाली देश तीव्र चापमा परेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्