अमेरिकन कमेडियनको शंकास्पद निधन



चर्चित अमेरिकी कमेडियन बब सगेटको ७५ वर्षको उमेरमा शंकास्पद निधन भएको छ। आइतबार अमेरिकाको फ्लोरिडास्थित उनी बसेको एक होटलबाट प्रहरीले उनको शव बरामद गरेको हो। होटलका कर्मचारीले बिहान चार बजे उनको शव फेला पारेपछि प्रहरीलाई खबर गरेको एजेन्सीले जनाएको छ।

उनको हत्या भएको हुन सक्ने शंकास्पद कुरा केही नमिलेको र उनको कोठामा कुनै पनि प्रकारको शंकास्पद वस्तु नभेटिएकाले उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको बीबीसीको अनलाइनमा संस्करणमा प्रकाशित समाचारमा जनाइएको छ।

सन् १९८७ देखि १९९५ सम्म प्रसारण भएको टेलिभिजन शो फुल हाउसबाट लोकप्रियता कमाएका उनले थुप्रै टेलिभिजन शो होस्ट गरेका थिए भने स्ट्यान्ड अप कमेडियनको रूपमा समेत त्यत्तिकै ख्याति कमाएका थिए। सन् २०१४ मा उनले डर्टी ड्याडी नामक आफ्नो पुस्तक पनि सार्वजनिक गरेका थिए। उनको मृत्युको खबरले आश्चर्यमा परेका फ्यानहरूले उनले अभिनय गरेका कमेडी क्लिप सामाजिक सञ्जालमा सेयर गरेर उनलाई सम्झिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्