प्रदीपको रचनामा आनन्दको लिरिकल भिडियो



लोकप्रिय गायक आनन्द कार्कीको पल्लोपट्टि त्यो डाँडामा बोलको नयाँ गीत हालै सार्वजनिक भएको छ। नेपालकै प्रथम साउन्ड इन्जिनियर प्रदीप उपाध्यायको शब्द तथा संगीत रहेको लिरिकल भिडियो गीत गायक कार्कीको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।

गीतमा भनिएको छ : 
पल्लोपट्टि त्यो डाँडामा लाली गुराँस फुल्यो
नयाँ वर्ष नया जोश नौलो बाटो खुल्यो
किसानको पसिनाले सिंचिएको खेतमा
अन्नका बाला फालेर आए
बालुवाको खेतमा
कान्छा दाइले जीवनमा काटेको दुःख भुल्यौ
नयाँ वर्ष नयाँ जोश नौलो बाटो खुल्यो।

गीतको संगीत संयोजन मनोहर सुनामले गरेका छन् भने ध्वनि सम्पादन भोला पौडेलको रहेको छ। लिरिकल भिडियोको सम्पादन लोकेश भाटले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्