नेप्से परिसूचक ३०.५१ अंकले ओरालो



न्युज अफ नेपाल, काठमाडौं ।

 आज (बुधबार) सेयर बजार (नेप्से) परिसूचक ३०.५१ अंकले ओरालो लागेको छ । । नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से ३०.५१ अंकले र सेन्सिटिभ सूचक ७.०४ अंकले ओरालो लागेकाे हाे  ।

आजको कारोबारमा २२९ कम्पनी सामेल भएका छन् । आज १ लाख ६१ हजारभन्दा बढी कित्ता शेयर बिक्री भएको छ । दिनभरिमा ९० हजार ५ सय ९० पटक भएको किनबेचमा ८ अर्ब ३ करोड ३२ लाख रुपैयाँको कारोबार भएको हो ।

बुधबार व्यापार, उत्पादन र लगानी समूहको सूचक हरियो रहे पनि अरु सूचकहरु राताम्य छन् । आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकसहित चार कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् ।

गुमाउने लगानीकर्ताले ६.२१ प्रतिशतसम्म गुमाएको नेप्सेले जनाएको छ । आज नेपाल बंगलादेश बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको २८ करोड रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्