हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौं ।

नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११७ रुपैयाँ ९६ पैसा र बिक्री दर ११८ रुपैयाँ ५६ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३३रुपैयाँ ७५ पैसा र बिक्री दर १३४ रुपैयाँ ४४ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ५४ पैसा र बिक्री दर १६१ रुपैयाँ ३६ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२७ रुपैयाँ ४१ पैसा र बिक्री दर १२८ रुपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ७९ पैसा र बिक्री दर ८५ रुपैयाँ २२ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्री दर ९३ रुपैयाँ ८१ पैसा छ । जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ २२ पैसा र बिक्री दर १० रुपैयाँ २८ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ५१ पैसा र बिक्री दर १८ रुपैयाँ ६० पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ४२ पैसा र बिक्री दर ३१ रुपैयाँ ५८ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ४० पैसा र बिक्री दर ३२ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ २९ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८९ पैसा र बिक्री दर ९ रुपैयाँ ९४ पैसा कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्