आहा क्या राम्रा पँहेलपुर सुन्तला ( फोटो फिचर)



सरिता चलाउने, सल्यान । 

मध्य पहाडी जिल्लाका हावापानी मिल्ने गाउँहरूमा हिजो आज सुन्तला पँहेलपुर देखिन्छन् । थोरै लगानीको सजिलो खेती र राम्रो आम्दानी हुने भएकोले अन्य पेशा–व्यवसायमा संलग्नहरूको पनि अचेल सुन्तला खेतीमा आकर्षण बढेको छ ।

सल्यानका बागचौर, छत्रेश्वरी, शारदा, सिद्धकुमाख, कपुरकोट लगायतका स्थान सुन्तलाका पकेट क्षेत्र हुन् । जिल्लामा झन्डै एक हजार पाँच सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुन्छ । जसले किसानलाई  राम्रै आम्दानी दिएको छ ।

यहाँको सुन्तला, दाङ, नेपालगन्ज, धनगढी, बुटुवल, बुटुवल, भैरहवा लगायत देशका छुला सहरमा जाने गरेको छ । बजारको सहज पहुँच र उचित मूल्य निर्धारणमा सरकारी निकायले प्रयाप्त पहल गर्ने हो भने सुन्तला खेतीले आम्दानी  थप बढाउने देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्