निजामति अध्यक्षमा अवस्थी



बैतडी, (नेस) ।

नेपाल निजामति कर्मचारी संगठन बैतडीको अध्यक्षमा महेश अवस्थी चयन हुनुभएको छ । पाटनमा सम्पन्न ११औं जिल्ला अधिवेशनले अवस्थीको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको खुला उपाध्यक्षमा पदमसिंह कार्की र महिला उपाध्यक्षमा बिस्नाकुमारी विष्ट भण्डारी, सचिवमा प्रकाशसिंह कार्की, सहसचिवमा अनिलबहादुर बोहरा र कोषाध्यक्षमा पुरुषोत्तम नाथ चयन भएका छन् । पाटनमा भएको अधिवेशनको उद्घाटन प्रतिनिधिसमभा सदस्य दामोदर भण्डारीले गर्नुभएको थियो । यसैबीच चक्रदेव जोशीको संयोजकत्वमा ११ सदस्यीय सल्लाहकार समितिसमेत गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्