हुम्लाका ज्येष्ठ नागरिकलाई कम्बल



हुम्ला, (नेस) ।

हुम्लाको सिमकोट गाउँपालिका–३ र ४ का ३ सय ज्येष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा (कम्बल) वितरण गरेको छ । बौद्धधर्मलम्बीका धार्मिक गुरु ड्रिकुङ क्याबगोन छुङसाङ छ्योकी नाङ्वा रिन्पोछे ८०औं जन्मोत्सवको अवसरमा राहत वितरण गरिएको हो ।

जिल्लामा चिसो अत्यधिक बढ्दै गएपछि ज्येष्ठ नागरिक, एकल महिला र दलित परिवारलाई चिसोबाट जोगाउन न्यानो कपडा सहयोगको गरिएको इन्टरनेसनल ड्रिकुङ क्याबगोन काउन्सिलका संस्थाका सचिव रवीन्द्र लामाले बताउनुभयो । लगातार परिरहेको हिउँका कारण उहाँको तापक्रम अहिले माइनस १२ डिग्री सेल्सियस छ ।

सिमकोट गाउँपालिका–३ मा रहेका लिमाटाङ, बरगाउँ, तोर्पा र हुटिक गाउँमा रहेका लामा समुदाययलाई पनि कम्बल वितरण गरिएको उहाँको भनाइ छ । चिसोमा कम्बल पाएपछि निकै ठूलो राहत पाएको महसुस भएको वृद्धवृद्धा बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्