सुकीलाई फेरि चार वर्ष जेल सजाय



म्यानमार, एजेन्सी ।

म्यानमारको एक अदालतले प्रजातन्त्रबादी नेतृ आङ सान सुकीलाई चार वर्ष जेल सजाय सुनाएको छ । तीनवटा मुद्दामा दोषी ठहर गर्दै अदालतले उनलाई सोमबार चार वर्ष जेल सजाय सुनाएको हो ।

सुकीलाई गत वर्षको १ फेब्रुअरीदेखि नजरबन्दमा राखेको थियो । ७६ वर्षीय उनीमाथि गैरकानुनी ढंगले वाकी–टकिज लिएको, कोभिडसम्बन्धी नियम उल्लंघन गरेको आरोप लागेको छ । कू गरेको दिन सेनाले उनको घरमा छापा मार्ने क्रममा वाकी–टकिज फेला पारेको थियो ।

यसअघि डिसेम्बरमा सुकीलाई अदालते विभिन्न अभियोगमा चार वर्ष जेल सजाय सुनाएको थियो । सेनाको जुन्ता सरकारले पछि सो सजाय आधा घटाएर दुई वर्ष बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्