भोलिबाट देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द, यस्ताे छ शिक्षा मन्त्रालयको निर्णय



न्युज अफ नेपाल, काठमाडौं । 

शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।

आइतबार सीसीएमसीसीले वार्षिक बिदामा मिलान हुने गरी माघ १५ सम्म विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरेको थियो । कक्षा १ देखि १२ सम्म र सीटीईभीटीअन्तर्गतका कक्षा पुस २७ देखि माघ १५ सम्म बन्द गर्ने निर्णय शिक्षा मन्त्रालयले गरेको हो । भौतिक उपस्थितिमा सञ्चालन हुने कक्षा बन्द गरिएपछि वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गरिने मन्त्रालयले जनाएको छ ।

बिदाकै अवधिमा १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षभन्दा माथिका सबै उमेर समूह र पूर्ण खोप लगाउन बाँकी शिक्षक, कर्मचारी तथा अभिभावकलाई खोप उपलब्ध गराउन मन्त्रालयले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्