बाबुराम पोखरेल स्मृति समाजद्धारा शिक्षा पत्रकार अधिकारी सम्मानित



न्युज अफ नेपाल, कठमाडौं ।

वरिष्ठ शिक्षा पत्रकार प्रकृति अधिकारीलाई डा.बाबुराम पोखरेल स्मृति समाजले शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि, वागमती प्रदेशका पर्यटन तथा संस्कृति मन्त्री दिपेन्द्र श्रेष्ठले उनलाई सम्मान गरेका हुन् ।

स्व डा.बाबुराम पोखरेल स्मृति समाजले आफ्नो ४ औँ बार्षिक स्मृति सभा तथा सम्मान कार्यक्रम आयोजना गरी पत्रकार अधिकारीलाई नगद रु २५ हजार, प्रमाणपत्र र दोसल्ला चढाइ सम्मान गरेको हो ।

शिक्षा क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएका अधिकारीको कार्यलाई थप प्रोत्साहन पुगोस् भन्ने उद्देश्यले सम्मान गरिएको पोखरेल स्मृति समाजले जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्