यामाहा रेजेडआर १२५ एफआइ माइलेज च्यालेन्ज सम्पन्न



काठमाडौं (नेस) ।

रेजेड आरस्कुटरको माइलेजबारे ग्राहकलाई जानकारी गराउने उद्देश्यले एमएडब्लु इन्टरप्राइजेजले नियमितरूपमा माइलेज प्रतियोगिता आयोजना गर्दै आएको छ । मंसिर १७, २०२१मा, यामाहा नेपालले आयोजना गरेको रेजेडआर १२५ एफआइमाइलेज च्यालेन्जमा उज्वला घिमिरे, प्रतिलिटर ६१दशमलव ४२ किलोमिटरका साथ पहिलो बिजेता बनिन् ।
फेरी, उच्चतम फ्युल इफिसिएन्सीका लागि रेजेडआर १२५ एफआई स्कुटरको र्याली आयोजना गरिएको थियो ।

महाराजगञ्जदेखि बूढानिलकण्ठ हुँदै झोर, बौडेश्वर ईकोरिसोर्टसम्मको र्याली यामाहा सोरुम महाराजगञ्जबाट शुरू भएको हो । यसपटकको र्यालीको बिजेता प्रतिलिटर ७५ दशमलव ८९ किलोमिटरका साथ विज्ञान अधिकारी बने । त्यसैगरी, प्रतिलिटर ७४केमीका साथ भीमबहादुर आले दोस्रो स्थान हासिल गर्न सफल भएका छन् । र सन्जिता महर्जन प्रतिलिटर ७३ दशमलव ५ केमीका साथ तेस्रो भएकी छिन् ।

यामाहाको रेजेडआर १२५ एफआई विशेषगरी फ्युल इफिसिएन्सीलाई प्राथमिकतामा राखेर बनाइएको स्कुटर हो । बजारमा प्रतिलिटर ५८ किलोमिटरसम्म उच्चतम माइलेज प्रदान गर्ने एक मात्र स्कुटर हो । नेपालका अटोमोबाइल कम्पनीहरूले आफ्नो बाइक वा स्कुटरको माइलेज लिखितरूपमा मात्र दाबी गर्छन् । तर यामाहाका लागि एमएडब्लु इन्टरप्राइजले त्यो प्रवृत्तिलाई परिवर्तन गरेको छ ।

हामी विश्वास गर्छौँ कि यो माइलेज प्रतियोगितासँगै ग्राहकहरू रेजेडआर १२५ एफआईको टप माइलेजबारे अझ परिचित हुने छन् । र हामीलाई आशा छ यो यस प्रतियोगिताले यस स्कुटरलाई बजारमा पहिचान गराउन थप मद्दत गर्ने छ । एमएडब्लु इन्टरप्राइजका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्