बालुवाटार जग्गा प्रकरण : सीआईबीले बुझायो अनुसन्धान प्रतिवेदन



न्युज अफ नेपाल, काठमाडौं ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा विक्री प्रकरणमा अनुसन्धान सकेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले प्रतिवेदन बुझाएको छ। ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोले आफूले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको बताए ।

तीन वर्षको अनुसन्धानपछि सीआइबीले यो प्रतिवेदन बुझाएको हो । अनुसन्धान प्रतिवेदनको अध्ययन विश्लेषण गरेर सरकारी वकिलको कार्यालयले मुद्दा दायर गर्ने छ । ललिता निवास प्रकरणमा संलग्न सरकारी कर्मचारी, भूमाफियासहित साढे तीन सय बढिलाई प्रतिवादी बनाएको छ ।

सीआइबीले २०४९,२०६२,२०६६-६७ र २०६९ मा गरी चारपटक ललिता निवासको जग्गा व्यक्तिको नाम दर्ता गरेको सम्बन्धमा अुनसन्धान गरेको थियो । अख्तियारले तीन पूर्वमन्त्रीहरू विजयकुमार गच्छदार, चन्द्रदेव जोशी र डम्बर श्रेष्ठसहित १ सय ७५ जनाविरुद्ध भ्रष्टचार अभियोगमा विषेश अदालतमा मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया दिनुहोस्