थप २१६ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु



न्युज फ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर थप २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज ७ हजार ६३१ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ५ हजार ९६२ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ सय १३ जना र १ हजार ६६९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख २५ हजार २३१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २०९ जना कोरोनामुक्त भए, २ संक्रमितको मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय ९ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख १२ हजार ४१९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ७ हजार ६३१ जनाको परीक्षण हुँदा हालसम्म कुल ५७ लाख ०१ हजार ९४३ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

प्रतिक्रिया दिनुहोस्