ज्यामिरेमा पहिलोपटक विद्युतीकरण



पाल्पा (नेस) ।

पाल्पाको निस्दी गाउँपालिका–७, ज्यामिरेमा पहिलोपटक बिजुलीबत्ती बल्दा स्थानीयमा खुसीयाली छाएको छ । सामुदायिक विद्युत्का लागि पैसा बुझाएको लामो प्रतिक्षापछि बिजुली बल्दा स्थानीयवासी खुसी भएका हुन् ।

८० घरपरिवारमा निस्दी गाउपालिकाअन्र्तगत पर्ने ज्यामिरे बिजुली बत्ती उपभोग गर्ने पहिलो टोल बनेको छ । हाललाई करिब ८० घरपरिवारमा बिजुली बत्ती उपलब्ध भएकोमा बिद्युतीकरण चाडै नै बिस्तार गरिने गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताउनुभयो । ‘विद्युतीकरणपछि जनताको जीवनमा आमूल परिवर्तन आउने छ’, उहाँले भन्नुभयो ।

कार्यक्रममा वडा नम्बर–६,अर्चलेका वडा अध्यक्ष मेखबहादुर सुनारीले स्थानीयको सहयोग, मेहनत र खबरदारीले बिजुली बाल्न सकिएको धारणा राख्नुभयो । बिजुली बत्ती आएपछि विद्यार्थीहरूलाई पढ्न, रेडियो सुन्न र टिभी हेर्नका लागि सजिलो हुने र टुकीको भरमा बस्नु नपर्ने स्थानीय मुक्तबहादुर पाटाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्