हिमपातले कर्णालीको जनजीवन कष्टकर



मुगु ।

हिमपातले कर्णालीको जनजीवन कष्टकर बन्दै गएको छ । हिमपातका कारण चिसो बढेपछि मुगु, हुम्ला, जुम्ला कालीकोट, डोल्पालगायतका जिल्लाको जनजीवन कष्टकर भएको हो । दुई दिनदेखि कर्णालीमा लगातार बाक्लो हिउँ पर्दै आएको छ । हिमपातका कारण आवत–जावतम असजिलो हुनुका साथै बस्तुभाउलाई समेत चरिचरन गराउन समस्या भएको हो । हिमपातले मुगु जिल्लाको राराताल आसपासमा झण्डै २ फिट हिउँ जमेकाले जीवन प्रभावित भएको छ । जुम्लाको माथिल्लो क्षेत्रमा १ फिट हिउँ जमेको छ । कर्णालीका जिल्ला भइहेको हिमपाले पशुबस्तुलाई बाहिर निकाल्नै समस्या भएको छ ।

हिमपातले कर्णालीकोे जनजीवन समेत प्रभावित बनाएको छ । मौसम बद्लीसँगै हिमपातले कर्णलीको तापक्रम माइनस १० डिग्रीसम्म पुगेपछि अत्यधिक चिसो बढेको छ । चिसोसँगै कर्णालीवासीलाई रुघाखोकी, टाइफाइट जस्ता रोगले सताएका बेला हिमपातको चिसो थप कहर बनेर आएको छ ।

हिमपातले कर्णालीका मुगु ,जुम्ला, हुम्ला डोल्पाको हवाई सेवा अवरुद्ध भएको छ । हिमाली जिल्लामा हिमापात भएपछि हवाई सेवा अवरुद्ध भएका हो । हिमपातले गर्दा कर्णालीका जिल्लाबाट तराई झर्ने र माथि आउने यात्रु मर्कामा परेका छन् । हिमपातले कर्णालीका डाँडाकाँडा हिउँले सेताम्य छन् ।

यसैबीच हिमपातले नाग्म गमगढी सडकखण्ड अवरुद्ध भएको छ । सडक बन्द हुँदा मुगुमा दैनिक उपभोग्य सामानाको आयतमा समस्या देखिन्छ । त्यस्तै, विद्यालय, स्वास्थ्य सेवाका सरकारी कार्यालयसमेत सञ्चालनमा आउन सकेका छैनन् ।

हिमपात नहुँदा चिन्तित भएका कृषक भने हिमपात भएपछि खुसी भएका छन् । हिमपातले जनजीवन कष्टकर भए पनि खेतीपाती सप्रिने भयो भन्दै कर्णालीका किसान खुसी भएका हुन् । हिमपातसँगै अब कर्णालीका किसानहरू खेतबारीमा पस्नेछन् । बाँझो बारीमा गहुँ, जौ, उवाँ, फापरलगायत अन्नबाली लगाउने कर्णालीवासीले योजना बनाइसकेका छन् । कर्णालीको मुख्य फलफूल स्याउ खेतीलाई पनि हिमपातले फाइदा पुर्याएको छ । हिमपातले कर्णालीका जिल्ला र अन्य जिल्लाहरूमा निकै हुने कृषि विज्ञहरू बताउँछन् ।

पछिल्लो समय भएको हिमपातका कारण चिसो बढे पनि किसानका लागि फाइदाजनक रहेको जिल्ला कृषि विकास कार्यालय मुगुले जनाएको छ । गहुँ, जौ, उवाँ, फापर लगायतका बालीलाई हिमपातले फाइदा पुग्ने किसान बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्