पहिलोपटक सुरक्षित खानेपानी बस्ती घोषणा



मुगु ।

हिमाली जिल्ला मुगुमा पहिलोपटक सुरक्षित खानेपानी बस्ती घोषणा भएको छ । जिल्लामा रहेको एकमात्र छायाँनाथ रारा नगरपालिकाअन्तर्गत देउवाडा नाउर, झापागाडा र चैनलाई सुरक्षित खानेपानी युक्त समुदाय घोषणा भएको हो ।

जिल्लामा रहेको सरोकारवाला निकाय स्थानीय तहले अनुगमन गरी बिहीबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर बस्तीहरूलाई सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरेको थियो । यी बस्तीमा केही महिनाअघि ‘एक घर एक धारा’ निर्माण भए भएको थियो । तत्पश्चात् पानीमा शुद्धताको परीक्षण गरी सुरक्षित खानेपानी बस्ती घोषणा भएको हो ।

युनिसेफ नेपाल, छायाँ नेपालको आर्थिक सहयोग, स्थानीय संस्था, हिमाली ग्रामीण युवा समाज विकास केन्द्र मुगुको सहजीकरणमा ‘एक घर एक धारा’, ‘सुरक्षित खानेपानी, सुलभ सरसफाइ’, ‘नगरबासीको स्वास्थ्य र जीवनस्तरमा दीर्घकालीन सुधार’ भन्ने मूल नाराका साथ चारवटा बस्तीमा कार्यक्रम भएको थियो । ९५ घरधुरीका ५ सय २७ जना जनसंख्या भएको समुदायमा खानेपानीको पहुँच पुगेपछि सरक्षित खानेपानी युक्त समुदाय घोषणा गरिएको हिरिसडेक मुगुले जनाएको छ ।

विगतका वर्षहरूमा यहाँका स्थानीयलाई खानेपानी खान घण्टौंको बाटौ पैदल हिँडेर खोला वा नाउलाको पानी उपभोग गर्न बाध्य रहेका थिए । स्थानीय सरकारले वास्ता नगरे पनि एक संस्थाले ‘एक घर एक धारा’ को कार्यक्रम गरेपछि सफा–स्वच्छ पानी उपभोग गरिरहेको छायाँनाथ रारा नगरपालिका–५ का स्थानीय गणेश रावलले बताउनुभयो ।

सुरक्षित खानेपानी घोषणा कार्यक्रममा उपस्थिति अतिथि तथा सहभागीले एक–एक लोटा पानी खाई सुरक्षित पानी उपभोग गर्यांै भनेर घोषणापत्रमा हस्ताक्षर गरेका थिए ।‘घर–घरमा धाराबाट स्वच्छ खानेपानीका खान पाउँदा निकै हर्षित भएका छौं । विशेष गरेर हामी महिलाले महिनावरी भएको समयमा पानीको जोहो गर्न हाहाकार हुने गथ्र्यो’, छायानाथ रारा नगरपालिका–५ नाउरका झुपा विक भन्नुहुन्छ– ‘खोला, नाउलाको फोहोर पानी खाँदै आएका थियौं, अहिले आँगनमै सफा पानी आउन थालेपछि ती पीडाका दिन हटेको छ ।

नगरपाकिका–१४ वडाका विभिन्न बस्तीमध्ये सबैभन्दा बढी खानेपानीको समस्या भएको हुँदा छायाँ नेपाल, युनिसेफ नेपाल र हिरिसडेक मुगुको पहलमा एक घर एक धारो निर्माण गरियो निर्माण गरिएको एक वर्षसम्म नियमित खानेपानी सञ्चालनमा आएपछि तीनपटक खानेपानीको परीक्षण गर्दा सुरक्षित रहेको प्रमाणित भएपछि सुरक्षित खानेपानीयुक्त गाउँ घोषणा गरिएको छायाँ नेपाल मुगुका जिल्ला संयोजक मीनबहादुर रावलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्