तिमी शालीन छौ



बोलि तिम्रो शिष्ट छ
मुधुर छ, सुनुसुनु लाग्छ
तर,
तिमी त्यही बोलीले
तिमीलाई विश्वास
गरेका ति सबलाई
सहजै मुर्ख बनाउछौ
मुर्ख भएको थहॅा पाउदैनन्
किनकी,
तिमी कपटी छौ
कपट गर्छौ
फेरी पनि
सबको नजरमा
तिमी शालीन छौ।

अरूमा करुणा जगाएर
दान दक्षिणा सम्हालेर
सहानुभूति बटुल्छौ
तर,
तिमी भित्र छमछम नांच्छौ
मुर्ख बनाएकोमा सबलाई
किनकि,
तिमी कपटी छौ
कपट गर्छौ
फेरी पनि
सबको नजरमा शालीन छौ।

दु:खका गाथा भन्छौ
बडो गम्भिर भई
सुन्नेका आंखा रसाउॅछन्
कमल भाव पोखी
तर,
तिमी भित्र गदगद हुन्छौ
मुर्ख बनाएकोमा सबलाई
किनकी,
तिमी कपटी छौ
कपट गर्छौ
फेरी पनि
सबको नजरमा
तिमी शालीन छौ ।

तिमी बुद्धका कुरा गर्छौ
समभाव अनि शान्तिका कुरा गर्छौ
सुन्ने नतमस्तक हुन्छन
तर,
आफ्ना धारिला हतियार सॅंझि मुस्कुराउछौं तिमी
शान्तिको भेषमा मुर्ख बनाएकोमा सबलाई
किनकी,
तिमी कपटी छौ
कपट गर्छौ
फेरी पनि
सबको नजरमा
तिमी शालीन छौ।

रूप र सारमा तिमी
आकाश पातालको फरक छौ
तैपनि तिमी शालीन छौ।

वर्णन गर्दै जॅादा
तिम्रो शालीनताको
एउटा महात्म्य बन्छ।
भैगो हाललाई यति नै।

प्रतिक्रिया दिनुहोस्