कोरोना संक्रमण बढे पनि खेल जारी



लन्डन, (एजेन्सी) ।

विश्वमा कोरोना संक्रमण हुने क्रम अहिले बढ्दै छ । यसैक्रममा इंग्ल्यान्डको इंग्लिस प्रिमियर लिगमा १ सय ३ नयाँ कोरोना संक्रमित केस देखापरिसकेको छ । सोमबार यसको पुष्टि भएको हो । यसमा कयौं खेलाडी सामेल छन् । ईपीएलले भने कसैको नाम पनि सार्वजनिक गरिरहेको छैन । जारी बयानको आधारमा २० डिसेम्बर देखि २६ डिसेम्बरबीच १५ हजार भन्दा बढीको कोरोना टेस्ट गरिएको थियो । यसमा १ सय ३ जना कोरोना संक्रमित भएको पुष्टि भएको छ ।

तर, ईपीएलका खेलमा दर्शकलाई प्रवेश अहिलेसम्म रोकिएको छैन । खेल हेर्न दर्शकले ४८ घण्टा अघि कोरोना रिपोर्ट ल्याउन भनिएको छ । कोरोनाको केस बढिरहेको अवस्थामा पनि लिग रद्द वा स्थगित गरिएको छैन । लिगले बताइरहेको छ कि सुरक्षाका उपाय र प्रतिबन्ध मानिरहेको छ ।

प्रिमियर लिगले यस्तो बताएको छ—कोरोनाको लागि आपातकालीन उपायमा कयौं प्रोटोकल सामेल छन्, जस्तै मास्क लगाउनु, सामाजिक दूरी बनाउनु, साथै कोरोना टेस्ट धेरैभन्दा धेरै गराउने । लिग आफ्नो समूहभित्र कोरोना जोखिम कम गर्नको लागि र मान्छेहरूलाई सुरक्षित राख्नका लागि क्लबहरूसँग साथ काम गर्न जारी राखेको छ र अगाडि पनि यस्तै गरिनेछ ।
कोरोनाको लगातार बढिरहेको मामिलालाई देखेर डिसेम्बरमा लिगका १५ खेल स्थगित गरिसकेको छ । बक्सिङ डेमा बर्नलीविरुद्धको एभर्टन, लिभरपुलविरुद्ध लिड्स, वाटफोर्डविरुद्ध वोल्भस्बीच हुने खेल थिए । तर, कोरोनाको कारण यसलाई स्थगित मात्रै गरिएको हो । खेल पछि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्