प्रेम गीत ३ को हिन्दी संस्करणका लागि गीत तयार



नेपाली फिल्मको नयाँ बजार विस्तारका लागि प्रेम गीत ३ लाई हिन्दी र अन्य भाषामा पनि तयार गरिने भएको छ। हिन्दी संस्करणको सबै गीतको काम सकिएको यसको निर्माण संस्थाले जनाएको छ। हिन्दी संस्करणको गीतमा बलिउडका चर्चित गायक, संगीतकर्मी तथा गीतकार आबद्ध भएका छन्।

राहत फतेह अली खानले यो फिल्मका लागि ए सनम तुही तु.. बोलको गीतमा उनले स्वर दिएका छन्। त्यस्तै, अर्को गीत तुम प्यार होमा अंकित तिवारी र पलक मुछालले स्वर दिएका छन्। डान्स नम्बर मुझ्मे बस् जनामा देव नेगी र पलक मुछालले स्वर भरेका छन्। यी गीतमा गीतकार कुमार र एम तुराजको शब्द रहेको छ।

फिल्मका निर्माता तथा निर्देशक सन्तोष सनेका अनुसार प्रेम गीत ३ नेपालीका साथमा हिन्दी भाषामा विश्वभरि प्रदर्शन हुनेछ। प्रदीप खड्का, क्रिस्टिना गुरुङ, सुनील थापा, शिव श्रेष्ठ, मनीष राउत, सन्तोष सेन, लक्ष्मी बर्देवा, जीवन भट्टराई, पुष्कर कार्की, अनुभव रेग्मी, प्रेम पुरी, क्रिजन गौतमलगायतका कलाकारको अभिनय रहेको प्रेम गीत ३ हिन्दी संस्करणस“गै अन्य भाषामा पनि विश्वका विभिन्न देशमा रिलिज गरिनेछ।

सन्तोष सेनद्वारा निर्मित फिल्ममा उनका साथमा छेतेन गुरुङको निर्देशन रहेको छ। फिल्म आगामी फागुन १३ गतेदेखि नेपालभरका हलमा रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्