सँगसँगै बाँचौंला सार्वजनिक (भिडियोसहित)



लोकप्रिय गायिका मेलिना राईको स्वर रहेको सँगै बाँचौंला बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गीतकार सन्तोष जंग थापाको शब्द रचना र नवीन कार्कीको संगीत रहेको गीतमा सुमन केसीको एरेन्ज रहेको छ। गाउँघरको यथार्थपरक कथामा आधारित भिडियोमा प्रदीपराज वन्त र सविता श्रेष्ठले अभिनय गरेका छन्।

रेजिना तुलाधरको पहिलो निर्देशन रहेको भिडियोमा नविन बाबु गुरुङको सिनेमाटोग्राफी र नविन निरौलाको सम्पादन रहेको छ। सिजन इन्टरटेन्मेनटद्वारा निर्माण गरिएको भिडियो सिजन टीभी युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्